प्रचण्डको अभिव्यक्ति हिंसात्मक कार्यलाई प्रोत्साहन !

0
93

काठमान्डौ । नेपालमा पछिल्लो समय नेताहरुले गहन बिषयलाई हल्का रुपमा टिप्पणी गर्ने क्रम बढ्दै गएको छ । चाहे नेकपा होस् चाहे अन्य कुनै पार्टिका शिर्ष नेता, बोल्ने बेलामा के बोल्ने भन्ने पत्तो नै पाउदैनन । उनीहरुको अगाडी माइक्रोफोन भए र केहि आफ्ना कार्यकर्ता र जनता भए उनीहरुले जस्तो सुकै संबेदनशील बिषयलाई पनि हल्का रुपमा ब्याख्या गर्न पछि पर्दैनन् । यसैको ज्वलन्त उदाहरण हो प्रचण्डले मुलधारको राजनीतिमा आए पश्चात पहिलो पटक सार्वजनिक रुपमा नै द्वन्दकालिन घटनालाई तरंगित पार्ने गरि बोलेको “५ हजार मान्छे मारेको जिम्मा म लिन्छु” भन्ने अभिव्यक्ति ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको सुप्रिम कमाण्डर रहेका पुष्पकमल दाहाल प्रचण्डमाथि बारम्बार आरोप लाग्छ, १७ हजार मान्छे मारेर आएको ।

२०६२र६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएका माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो । प्रचण्ड दुई पटक प्रधानमन्त्री भए । सशस्त्र विद्रोहबाट आएका अर्का नेता डा बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाले । माओवादीले थुप्रै पटक सरकारको नेतृत्व गरिसक्यो ।

अहिले प्रचण्ड नेतृत्वको माओवादीले तत्कालीन नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको छ र, संसदमा एकल बहुमत प्राप्त नेकपाको दुई अध्यक्षमध्ये एक हुन् प्रचण्ड । तर उनलाई १७ हजार मान्छे मारेको आरोपले पछ्याउन छाडेको छैन । त्यहि शिलशिलामा बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रचण्डले “५ हजार मान्छे मारेको जिम्मा म लिन्छु” भनेर सार्वजनिक रुपमा नै बोले । तत्कालिन विद्रोह पक्षका प्रमुख नेता प्रचण्डले द्वन्दकालिन घटनाको समस्यालाई समाधान गर्नुको सट्टा मान्छे मारेको स्वीकार गरि आफुलाई राजनीतिमा अझ शसक्त प्रस्तुत गर्ने कमजोर मानसिकता देखाएको अधिकांश राजनीतिक विश्लेषकले बुझाइ छ ।

“ नेताहरुको यस्तै यस्तै गैर जिम्मेवारी पूर्ण टिप्पणीले राजनीति संकटमा पर्दै आएको छ । पदिय मर्यादालाई ख्याल नगरी आउने अभिव्यक्तिले देशमा झन् अराजकता मच्याउछ । हिंसात्मक कार्यलाई प्रोत्साहन मिल्छ ।”

यसै बीच प्रचण्डले सार्वजनिक रुपमा दिएको यो अभिव्यक्ति आपत्तिजनक रहेको कांग्रेस युवा नेता दिनेश कोइरालाले बताए । उनका अनुसार सत्य निरुपण आयोगलाई नै प्रभावित पार्ने गरि हल्का रुपमा प्रस्तुत गरेको अभिव्यक्तिले नेताहरुको गरिमालाई नै आंच पुर्याएको छ ।

“यदि आफैले आफैलाई गौरभका साथ सार्वजनिक रुपमा नै ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भनेर घोषणा गर्छन भने उनलाई कानुनी कठघरामा उभ्याउन के कारणले रोक्छ ?”

उनि भन्छन, “ नेताहरुको यस्तै यस्तै गैर जिम्मेवारी पूर्ण टिप्पणीले राजनीति संकटमा पर्दै आएको छ । पदिय मर्यादालाई ख्याल नगरी आउने अभिव्यक्तिले देशमा झन् अराजकता मच्याउछ । हिंसात्मक कार्यलाई प्रोत्साहन मिल्छ ।”

उनले प्रश्न गरे, “यदि आफैले आफैलाई गौरभका साथ सार्वजनिक रुपमा नै ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भनेर घोषणा गर्छन भने उनलाई कानुनी कठघरामा उभ्याउन के कारणले रोक्छ ?”

कोइरालाका अनुसार अहिले राजनीति गलत दिशा तर्फ उन्मुख छ । “पार्टीका नेताहरु गुटगत र व्यक्तिगत स्वार्थमा लिप्त भएका छन् । उनीहरुलाई देश जनता र जनताका समस्या प्रति कुनै चासो नै छैन, नेताहरु हरेक क्षेत्रका माफिया, दलाल, बिचौलिया र भष्ट्रचारी संग अधिकांश समय संगत गरि उनीहरुकै घेरा भित्र रहन्छन ।” उनले भने, “दिर्घकालिन सोच नराखी क्षणिक स्वार्थपूर्तिका लागि अग्रसर हुनु नै आजको राजनीतिमा बिकृति आउनु हो ।”

उनका अनुसार राजनीति सेवा, समाज रुपान्तरणको आधार स्तम्भ, गरिव जनताको जीवन परिवर्तकको संवाहक हो । तर ठिक बिपरित अहिलेको राजनीतिले नेताको व्यक्तिगत र पारिवारिक जीवन परिवर्तन गरेको छ ।

LEAVE A REPLY