अरुणोदय कलेजमा युरेसले निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने

0
87

भरतपुर । भरतपुर ६ गीतानगरमा रहेको अरुणोदय कलेजमा युवा रेडक्रस सर्कलले निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ । महिनावारी हुदाँ बिद्यार्थीहरुलाई हुने असहजतालाई ध्यानमा राख्दै सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो । निवर्तमान सचिव शिव शर्मा गौतमको अध्यक्षतामा बसेको बैठकले महिनावारीका कारण कोहि छात्राको स्वास्थ्यमा असहजता नहोस भन्ने उद्धेस्यले प्याड राख्ने निर्णय गरिएको हो । छात्रा बिद्यार्थीलाई सहजताका लागि गरि युवा रेडक्रस सर्कल अरुणोदयले चालेको कदम स्वागत योग्य रहेको कलेज प्रमुख कुमार राउतले बताए । कलेज तहमा निशुल्क सेनेटरी प्याडको व्यवस्था चितवनमा नै नमुना भएकाले कलेज प्रशासन सधै बिद्यार्थीको पक्षमा रहेको उनको भनाइ छ ।
निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने कदम चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिई निरन्तरता समेत दिने सर्कलका नवनिर्वा्चित सभापति रबिन देवकोटाले बताए ।
सरकारले आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयका छात्रालाई निशुल्क रुपमा प्याड वितरण गर्ने कार्य्विधि बनाए पनि कलेज तहमा भने त्यो व्यवस्था छैन ।
साथै बैठकले युवा रेडक्रस सर्कल अरुणोदयको नयाँ कार्यसमिति चयन गरेको छ । सर्कलको अध्यक्षमा रविन देबकोटा, उपाध्यक्षमा सुस्मिता थपलिया, सचिवमा कुसुम मिश्र, सहसचिवमा किसम महतो, कोषाध्यक्षमा सुदिप मल्ल ठकुरी, सह कोषाध्यक्षमा शर्मिला बि.क. सहित १३ सदस्यीय समिति गठन गरेको हो ।

LEAVE A REPLY