सहिद स्मृतिको स्वर्ण महोत्सव जारी

0
105

भरतपुर । भरतपुर महानगरपालिका वडा न ६ पारसनगरमा रहेको सहिद स्मृति माबिले आफ्नो स्वर्ण महोत्सव मनाइरहेको छ । माघ १३ गते देखि २० गते सम्म स्वर्ण महोत्सवका विविध कार्यक्रम भैरहेका छन् । पश्चिम चितवनमा उत्कृट नतिजा ल्याउदै गुणस्तरीय शिक्षामा अब्बल सहिद स्मृतिले गत बर्ष धान्याञ्चल लगाएको थियो । स्वर्ण महोत्सव कै कार्यक्रमका रुपमा धान्यांचल संचालन गरि सुरु गरिएको स्वर्ण महोत्सव २० गते सकिदै छ । स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा भएको अन्तर माबि स्तरिय मैत्रीपुर्ण शिक्षक भलिवल प्रतियोगितामा हिमालय दण्डपाणी न्यौपाने माबि प्रथम हुदा श्री माबि इन्द्रपुरी र पारिजात बोर्डिंग क्रमश दित्तीय र तृतीय भए । बिद्यार्थी बीच भएको अन्तर माबि स्तरिय भलिवल प्रतियोगितामा नारायणी बिद्या मन्दिर शिवनगरले प्रथम स्थान हासिल गर्यो । माघ १३ गते भूपू बिद्यार्थी पुनर्मिलन तथा सम्मान , अन्तर माबि स्तरिय वकृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो ।

LEAVE A REPLY