बागलुङ सिम्लेका १५ बर्षिय मगर १५ दिन देखि बेपत्ता !

0
156

भरतपुर । बागलुङ जिल्ला बागलुङ नगरपालिका ११ का १५ बर्षीय अनिल थापा मगर १५ दिन देखि बेपत्ता भएका छन । बागलुङ नगरपालिका ११ सिम्ले स्थायी घर भै उनी दाजु संगै बागलुङ नगरपालिका ३ गुठिमा बस्दै आएका मगर बेपत्ता भएका हुन् । बागलुङ कै कालिका कन्या मन्दिरमा कक्षा ११ मा अध्यनरत मगर माघ २ गते देखि परिवारको सम्पर्कमा छैनन् । १५ दिन देखि सम्पर्कमा नरहेका मगरको खोजि गरिदिन भन्दै परिवारले प्रहरीमा सुचना दिइ सकेको बुझिए पनि उनी फेला पर्न सकेका छैनन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेको छ । उनले माघ २ गते जिन्स पाइन्ट र जिन्सकोट लगाएका उनको परिवारले जनाएको छ । अनिल मगरलाई भेट्टाएमा वा देखेमा नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं. ९८४६५३४८६६ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।

LEAVE A REPLY