चितवनमा सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको भरतपुर गोल्डकप हुदै

0
652

भरतपुर । चितवनमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटवल प्रतियोगिता हुने भएको छ । भरतपुरको क्याम्पा चौरमा एजे इन्टरनेसनलको आयोजनामा दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । फागुन २४ गते देखि चैत्र ३ गते सम्म संचालन हुने गोल्डकपमा ए डिभिजन लिग खेल्ने ६ टिम र जिल्ला स्तरिय ४ वटा टिम गरि १० टिम समावेश गरिने छ ।

Advertisements

सरकारले पर्यटन बर्ष २०२० मनाउदै गर्दा खेल पर्यटनको विकास गर्दै जिल्लालाई फुटवलको हव बनाउन गोल्डकप सफल हुने संयोजक आलोक प्रताप राणाले बताए । उनका अनुसार प्रत्येक टिमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमति पत्र लिएका ३ बिदेशी खेलाडी समाबेश गर्न पाउने छन् । प्रतियोगिता संचालन गर्ने मैदान वरपर ३ हजार क्षमताको प्याराफिट निर्माण गरिने छ । साथै २ सय जना अट्ने भीआइपी प्याराफिट पनि निर्माण गरिने छ ।

गोल्डकपमा प्रथम हुनेले १० लाख, दोस्रो ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद १० हजार, ट्रफी मेडल प्रदान गरिने छ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताको सह आयोजकमा जिल्ला फुटवल संघ रहेको छ ।

LEAVE A REPLY