अन्नपुर्णले पशु आहार उद्योग संचालन गर्दै, बागमती प्रदेशका कृषि मन्त्रि लामाले गरे शिलान्यास

0
181

शिव शर्मा, भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले पशु आहार उद्योग संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण र संचालन हुन लागेको हो । उद्योगको एक कार्यक्रमका बीच बागमती प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । शिलान्यास गर्दै मन्त्री लामाले ३ महिना भित्र परियोजना निर्माण टुङ्ग्याउन निर्देशन दिए । १ करोड बागमती प्रदेश सरकार र १ करोड ४६ लाख सहकारीले लगानी गर्ने गरी परियोजना सुरु भएको हो । लामाले बिदेशिएका युवा नेता फर्किएर कृषि पेशामा लगाउन पर्ने उनको भनाइ छ । उनका अनुसार चितवन पछिल्लो समय आत्मनिर्भरता तर्फ उन्मुख भएको छ । उनले भने, “यस उद्योगले पशु आहारमा आत्मनिर्भर बन्न प्रेरित गर्ने छ, पशु आहारमा लागत न्यूनीकरण गर्ने छ ।”
उनले उत्पादन नबढाए सम्म आत्मनिर्भर बन्न नसकिने जिकिर गरे । फरक प्रसङ्गमा मन्त्री लामाले ३ तहका सरकारले फरक फरक योजना बनाएर अनुदान कार्यक्रम संचालन गर्ने भएकाले अनुदानमा एकद्वार प्रणालीको विकास गर्न नसकिएको प्रष्ट पारे ।
कार्यक्रममा वडा अध्यक्ष हरि विकास कोइरालाले उत्पादन लागत घटाउन उद्योग उन्मुख हुनुपर्ने बताए । त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डका केन्द्रिय सदस्य भगिरथ तिमिल्सेनाले पशुपालनमा उत्पादन लागत अधिक हुदाँ युवा कृषक कृषि पेसाबाट बिमुख भएको बताए । उनका अनुसार जग्गा खण्डिकरण र तिब्र सहरीकरणको चपेटामा कृषि पेसा परेको छ । पशुपालन गर्न घाँस लगाउन जग्गा लिजमा समेत नपाइने समस्या देखा परेको छ ।
अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष ऋषिराम चापागाईंले पशुपालनलाई व्यवसायीकरण र आधुनिकरण गर्नका लागि संस्थाले पशु आहार उद्योग संचालन गर्न लागिएको बताए । उनका अनुसार १३ कठ्ठा क्षेत्रफलमा उद्योग संचालनमा आउने छ । लगानी गरिने २ करोड ४६ लाख मध्ये १ करोडको भौतिक संरचना लगाएत मासदाना, साइलेज प्याकिङ्ग मेसिन, टीएमआर मेसिन, ट्याक्टर, मकै काट्ने मेसिन, ट्रान्सफर्मर, ट्रक खरिद गरिने छ । मासदाना मेसिनले प्रति घण्टा ५ टन दाना उत्पादन गर्ने छ । उद्योग बाट पशु दाना, साइलेज, टिएमआर उत्पादन गरिने छ ।
उद्योग निर्माणको ठेक्का प्रक्रिया यसै साता सम्पर्ण गर्ने सस्थाको तयारी छ । सहकारीले अहिले दुग्ध संकलन, प्रसोधन, बजारीकरण, गाइ फर्म, दाना मिल, बचत तथा ऋण कार्यक्रम, भ्याक्सिनेसन, युवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्र सरकारबाट ७५ लाख लगानीमा ३८ जना युवाले गाइ पालन गर्दै आएका छन् । २०४१ सालमा ५० जना कृषकबाट १ सय ३५ लिटर दुध संकलन गरेर सुरू गरिएको सहकारीले हाल ७ हजार लिटर दुध प्रसोधन गर्दै आएको छ । सहकारीमा ३ सय ९० सेयर सदस्य सहित ६ सय भन्दा बढी कृषक आवद्द छन् ।

LEAVE A REPLY