स्थानिय सरकारले गर्ने राहत वितरण बिना भेदभाव र पुर्वाग्रह रहित हुनुपर्छ ः सचिव जोशी

0
379

चितवन । चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड १९ अर्थात कोरोना भाइरसले विश्वका लगभग सबै देशलाई प्रभावित पारेको छ । बिश्वको १ तिहाइ भूभाग लकडाउनको अबस्थामा छ । लक डाउनले आर्थिक र सामाजिक क्षेत्र अस्तव्यस्त छ । भाइरसको प्रभाव सबैमा परेको देखिन्छ । बिशेष गरि असहाय, गरिव, बिपन्न र मजदुरमा लकडाउनको असर बढी देखिन्छ । नेपाल सरकारले प्रत्येक स्थानिय तहमा असहाय, गरिव, बिपन्न र मजदुर वर्गमा राहत वितरण गर्न निर्देशन समेत दिएको छ ।

Advertisements

सरकारले दिएको निर्देशनको कार्यान्वयनका लागि नेपाली कांग्रेस चितवनले ध्यानाकर्षण गराएको छ । कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले स्थानीय तहले बाड्ने राहत बिना भेदभाव र पूर्वाग्रह रहित हुनुपर्ने बताए । संकल्प पोस्ट संग कुरा गर्दै उनले आस्थाको आधारमा राहत बाड्ने सम्भावना देखिन सक्ने भन्दै सचेत समेत गरे । ‘वडा तह देखि राहत वितरण गर्न पर्ने वर्गको तथ्याङ्क संकलनको काम जारि रहेको छ, तथ्याङ्क संकलन बिना भेदभाव र पूर्वाग्रहरहित होस् भन्ने हाम्रो चाहना हो ।’ सचिव जोशीले भने ।

अर्थ मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको हो । सकेसम्म कोरोनाविरुद्ध खडा गरिएको कोषबाटै आवश्यक खर्च गर्ने योजना सरकारको छ । तर, महामारीबाट उत्पन्न असरसँग लड्न छुट्टै कार्यक्रमहरु ल्याउने गृहकार्य छ ।
सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उद्दार गर्न विभिन्न दातृ निकायले दिन लागको करिब २२ अर्बको वैदेशिक ऋण पनि स्वीकार गर्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY