मजदुर र बिद्यार्थीलाई जिल्लामा ल्याउनमा चितवनका स्थानिय तहले कानमा तेल हालेर बसे ः सचिव जोशी

0
293

चितवन । नेपाल सहित विश्वका सबै जसो देशमा कोरोनाको कहर जारी छ । कोरोनाबाट सबै क्षेत्रमा नकारात्मक प्रभाब परिरहेको छ । अधिकांश त बिद्यार्थी र मजदुर कोरोनाबाट अधिक प्रभावित छन् । यस बीचमा नेपाली कांग्रेस चितवनले जिल्लाका स्थानिय तह जिल्ला बाहिर रहेका बिद्यार्थी र मजदुरलाई ल्याउने र बाह्य जिल्लाका बिद्यार्थी र मजदुरलाई घर पठाउन कुनै स्थानीय तहले पहल समेत नगरेको आरोप लगाएको छ । संकल्प पोष्ट संग कुरा गर्दै नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशीले कोरोनाको कहर र लकडाउनले प्रभावितलाई ल्याउन र पठाउनु पर्नेमा कानमा तेल हालेर बसेको बताए । उनले यस सम्बन्धमा स्थानीय निकायले आफ्नो अभिभावकत्व बहन गर्नु पर्ने माग गरे ।
“मजदुर र बिद्यार्थीहरु काम गर्न र पढ्नकै लागि जिल्ला बाहिर छन् । नेपालमा कोरोनाका कारण बिगत ३३ दिन देखि लकडाउन जारी छ । यस बीचमा कति स्थानीय तहले आफै बन्दोबस्त मिलाएर बिद्यार्थी र मजदुरलाइ गन्तब्यमा पुर्याउने र ल्याउने काम गरिरहेका छन् ।” उनले भने, “तर चितवनमा भने त्यस्तो कुनै प्रयास भएका छैनन । यहाका स्थानिय तहले न त जिल्ला बाहिर रहेका बिद्यार्थी र मजदुरलाई ल्याउने कोसिस गरेका छन्, नत जिल्ला मा रहेका बाह्य जिल्लाका बिद्यार्थी र मजदुरलाइ घर पठाउन पहल नै गरेका छन् ।”

Advertisements

LEAVE A REPLY