चोकबजारमा भएको रक्तदानमा ५१ जनाले गरे रक्तदान

0
90

भरतपुर । लकडाउनका कारण रगत अभाव भएको भन्दै चोकबजार बजार विकास संस्थाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । आज चोकबजारमा भएको रक्तदानमा भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइराला र रामकृष्ण सापकोटाले ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति बिदुर केसी, उपमहामन्त्री शालिकराम पौडेल , कोषाध्यक्ष बिजय खनाल गीतानगर शाखाका सभापति रुद्र अधिकारी लगाएतको उपस्थिति थियो ।

Advertisements

LEAVE A REPLY