शिक्षा मन्त्रीलाई एस.ई.ई.विद्यार्थीको खुल्ला पत्र ः “हामी कोरोनाको त्रासमा छौ, एस.ई.ई रद्द गरौं”

0
210

सम्माननीय मन्त्री ज्यू ,
सम्पुर्ण शिक्षक बर्गमा र हामी विद्यार्थी हरुमा मेरो नमस्कार, कोरोना बिश्वब्यापी रुपमा फैलिएकोले हामी पहिला नै त्रसित छौ । हामी परिक्षा संग डराएको होइनौं ,हामी माहामारीमा फैलिएको कोरोना अर्थात् Covid-19 सङ्ग डराएको हौ । परिक्षासङ्ग त हामी कक्षा १ देखि मित्रता जस्तै गरि पार गरि आएका छौ । सरकारको हामी विद्यार्थी तर्फमा पनि ध्यानाकर्षण हुन पर्यो । दिन ,दिनै परिक्षा बारे समाचारहरु फरक फरक आइ रहेकोे छ। मन्त्री ज्यु अहिलेको परिक्षा नगर्दा केहि हुदैन, पहिला बिद्यार्थीको स्वास्थ्य अबस्था राम्रो हुनु पर्यो परीक्षा पछि पनि गर्न सकिन्छ । मानौ,
१ः लकडाउन खुल्यो, हामी परिक्षा दिन गयौ तर तेहि बेला कोरोना भयो भने के गर्ने ?
२ः परिक्षा दिन गयौं तर त्यहाँ अरु कोरोना संक्रमित भेट्यो भने के गर्ने ?
३ः परिक्षामा हुने भिडभाडले (यो पत्र लेख्दा सम्म ४६ दिन सम्म जारी) लकडाउनको के अर्थ होला ?
सम्माननीय मन्त्री ज्यू ,
सरकार हामीलाई परिक्षा संग डर होइन, डर त हामीलाई कोरोना संग लागिरहेको छ । हामी मानसिक रुपमा तनावमा छौ । यस्तो बेला ,कसरी कोरोना लाई बेवास्ता गर्दै परिक्षाको केन्द्र सम्म पुगौ ? यदि हामी निर्दोष विद्यार्थीलाई कोरोना लागेमा के गर्ने ? को जिम्मेवार रहन्छ ? जिम्मेवारी मन्त्री ज्यु को कि नेपाल सरकारको ? हाम्रो सरकार यतिसम्मको लापरबाही गर्दो रैछ भन्ने अहिले प्रष्ट भयो । एस.ई.ई. परिक्षा सरेको पनि ४२/४३ दिन भयो अहिलेसम्म कुनै पनि एउटा निश्चित निर्णय भएको छैन । हाम्रो पनि त जिन्दगी हो हामीलाई पनि एउटा सल्लाह दिए हुन्थ्यो । निर्णय लिन एक हप्ता लाग्ला तर ४० दिनमा त एउटा निर्णय दिन पर्यो नि । अनि प्याब्सनले भन्छ “आन्तरिक नम्बरको आधारमा पास गराउने” त्यो देखेपछि विद्यार्थी झन अन्योलमा छन । शिक्षामन्त्री ज्युलाई एउटा कुरा भन्न चाहान्छु कि चैत्र ६ गते हुने परिक्षा ५ गते एक्कासी निर्णय लिन सक्ने तर अर्को निर्णय भने एक महिना बितुन्जेल सम्म लिन किन नसक्ने ? भारतमा पनि २ दिन अगाडी (सि.बि.एस.ई) कक्षा १० को बोर्ड परिक्षा यस वर्सको लागि रद्द भयो भने नेपाल सरकारले ठोस निर्णय कहिले गर्ने ? त्यसैले सम्माननीय मन्त्री ज्यू, हामी विद्यार्थीहरु मानसिक तनावमा छौ । कृपया एस०ई०ई परीक्षा को बारेमा निर्णय चाडै गरिदिनु होला र १२ को परिक्षालाई विशेष मान्यता दिनुहुन आग्रह गर्दछौ ।

  • चापागाई स्काई राइडर बोर्डिङ्ग स्कुल रत्ननगर चितवनका विद्यार्थी हुन् । 

LEAVE A REPLY