“सरकारको बोलीमा मात्र राष्ट्रबाद-ब्यबहारमा लम्पसारबाद” : सचिव जोशी

0
318

भरतपुर । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेर नेपाली भुमि अतिक्रमण गरेपछि त्यसको चर्को बिरोध सुरु भएको छ । कोरोना महामारीको मौका छोपी भारतले सो सडक भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। तर दिल्लीको यस्तो बिस्तारबादी कदम प्रति काठमान्डौ बेखबर छ । यो विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि वेखबर छ। देशको भूभाग अतिक्रमण हुदा समेत सरकारले कुनै दरिलो प्रतिक्रिया दिन नसकेको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । उनले सरकारको बोलीमा मात्र रास्ट्रबाद रहेपनि ब्यबहारमा लम्पसारबाद रहेको आरोप लगाए ।

Advertisements

उनले सरकारले तत्काल कुटनीतिक प्रयास मार्फत भारत संग स्पष्टिकरण माग्नु पर्ने र समाधान खोज्नु पर्ने बताए । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको महिनौं हुँदासम्म सरकारले कुटनीतिक पहल नगरेको प्रसंग उल्लेख गर्दै त्यसकै निरन्तता सडक निर्माण भएको उनको बुझाई छ । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको महिनौं हुँदासम्म पनि नेपालले आफ्नो नक्सा सार्वजनिक गर्न सकेको छैन ।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७२ को जेठ १ मा चीन भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेका सहमतिमध्ये एक बुदाँमा लिपुलेकलाई भारत(चीनबीचको व्यापारिक नाका बनाउने निर्णय पनि थियो। नेपालको लिपुलेक भञ्ज्याङलाई चीन(भारतको व्यापारिक नाका बनाउने समझदारी नै अहिले कार्यावन्यनमा ल्याएको हो। उक्त सम्झौताबारे नेपाल बेखबर रहँदा लामो बहस र छलफल भएको थियो। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उक्त सम्झौताका विषयलाई लिएर दुवै मुलुकलाई कूटनीतिक नोट लेखेर आफ्नो भूभागमा किन यस्तो सहमति गरेको भन्दा र आफ्नो भूभाग रहेको प्रमाण पेस गर्दा पनि दुवै छिमेकबाट हालसम्म जवाफ आएको छैन।

LEAVE A REPLY