नेपाली कांग्रेसका युवा नेता पाठकको अन्तेष्ठि

0
103

भरतपुर । भरतपुर महानगरपालिका वडा न ४ का वडा सदस्य, नेपाली काङ्ग्रेस चितवनका युवा नेता प्रेम शर्मा पाठकको निधन भएको छ। पाठकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । पाठक केही दिन देखि पेट को समस्याका कारण सघन उपचार कक्षमा उपचाररत थिए । साथै उनको देबघाटमा अन्तेष्ठि भयको छ। देबघाटमा पुर्व सांसद जगन्नाथ पौडेल, नेपाली कांग्रेस युवा नेता दिनेश कोइराला,नेताहरु देबेन्द्र गुरुङ, राम श्रेष्ठ, प्रदेश संसद बिजय सुबेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगाएतले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । बि स २०२० सालमा जन्मिएका पाठक बिरेन्द्र क्याम्पस नेविसंघ अध्यक्ष तथा नेपाल तरुण दल चितवनको सचिव हुदै नेपाली कांग्रेस चितवन नगर सचिब तथा क्षेत्रीय सचिव पदमा रहि आफ्नो राजनैतिक यात्रा अगाडि बढाएका हुन्। उनी सामाजिक क्रियाकलापमा पनि उतिकै सक्रिय थिए । उनको पार्थिब शरीरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराई ,जिल्ला सभापति जितनारायण श्रेष्ठ तथा नेपाली कांग्रेस पुर्ब सभापतिहरुले पार्टीको झन्डा ओडाएका थिए। चितवनका बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा तरुण दल चितवनका जिल्ला अध्यक्ष राजन ताम्राकार र पुर्ब अध्यक्ष राजेश्वर खनालले तरुण दलको झन्डा ओडाएका थिए ।

Advertisements

LEAVE A REPLY