चितवन गीतानगरका २ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४८७

0
386

भरतपुर । चितवनको भरतपुर–६, केशरवाघका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

Advertisements

फोक्सो क्यान्सर भएका वृद्ध भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर जेठ ३ गते फर्किएका थिए । उनीहरु कृष्णनगर नाका हुँदै चितवन आएको बताइएको छ। कोरोना पोजेटिभ देखिने श्रीमान र श्रीमती हुन्। उनीहरु जेठ ३ गते भारतबाट फर्किएर होम क्वारेण्टाइनमा बसेका थिए। स्रोतका अनुसार सोहि परिवारकै अर्का एक सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । योसंगै संक्रमितको संख्या ४८७ पुगेको छ ।
तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ। आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २१ जना निको भएका छन् ।

LEAVE A REPLY