कांग्रेसका युवा नेता कोइराला र महतोले गरे ६० बिपन्न परिवारलाई खाद्यान्न सहयोग

0
171

भरतपुर। नेपाली कांग्रेसका युवा नेता दिनेश कोइराला र साजन महतोले ६० बिपन्न परिवारलाई राहत वितरण गरेका छन्। भरतपुर ६ स्थित २ चरणमा वितरण गरिएको राहतमा जेठ ४ गते र आज ९ गते क्रमश: ४० परिवार र २० परिवार गरि राहत वितरण गरिएको छ। लकडाउनका कारण प्रभावित बनेका भरतपुर ६ का बिपन्न ६० घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । नेपाली कांग्रेस भरतपुर ६ का अध्यक्ष सुर्य प्रसाद अधिकारी, सुर्य न्यौपाने, रमेश कोइराला, डोल नारायण श्रेष्ठ, किरण कोइराला र अर्जुन पौडेल लगाएतको उपस्थितिमा सहयोग गरिएको हो ।
कोइरालाले गत २०७६ साउनमा भरतपुर महानगरपालिका १९ रानीपोखरी स्थित आगालागीमा परेको एक दलित घरको पुननिर्माण गरिदिएका थिए। साथै उनले गत बर्ष बाढिका कारण धनजनको क्षति भएको भरतपुर २८ मेघौलीमा आर्थिक अवस्था कमजोर भएका र समस्यामा परेका केहि परिवारलाइ ३ दिन खानको ब्यबस्था गरिएका थिए ।

Advertisements

LEAVE A REPLY