चितवनका कोरोना संक्रमित भारतबाट आएर होम क्वारेण्टाइनमा बसेका थिए, घर वरपरको क्षेत्र सिल

0
145

भरतपुर । चितवनको भरतपुर–६, केशरवाघका २ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित घर वरपरको क्षेत्र सिल गरिएको छ । खासगरी भरतपुर वडा न ६ अन्तरगत पर्ने नवज्योति टोल विकास सिल गरिएको वडाध्यक्ष हरिबिलास कोइरालाले जानकारी दिए । उनका अनुसार चितवनमा कोरोना संक्रमण पुष्टि भएका वृद्ध दम्पत्ती बस्दै आएको घरमा वरपर(केशरबाघ)का क्षेत्रलाई सिल गरिएको छ ।
कोइरालाका अनुसार वृद्ध दम्पत्ती बस्दै आएको घरमा सात जना रहँदै आएका थिए । भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेका यी दम्पत्तीसँगै एक जना छोराको पनि कोरोना परीक्षण गरिएको थियो । उनको भने नेगेटिभ रिपोर्ट आएको छ । अन्य सदस्यको भने रिपोर्ट आउन बाकि रहेको उनले बताए । संक्रमित भारतबाट फर्किए लगत्तै घरको उपल्लो तल्लामा सुरक्षित साथ बसेका थिए । क्यान्सर रोगले समेत बिरामी रहेका उनलाई भारत बाट आएपछि कसैले भेट नगरेको बुझिएको छ। संक्रमितको एक जना छोरा बाहेक कसैसँग सम्पर्क नरहेको वडा अध्यक्ष कोइरालाले बताए। उनका अनुसार सो क्षेत्रमा उच्च सतर्कता अपनाउन र नआत्तिन सचेतना फैलाउने काम भैरहेको छ ।
त्यस्तै भरतपुर वडा कार्यालयको सक्रियतामा विपद ब्यबस्थापन समितिको रोहबरमा हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स टिम बनाउने गृहकार्य समेत भैरहेको छ ।

LEAVE A REPLY