गरिबको गांस लुटेर, आफ्नो मात्र खुशी नखोज्न सरकारलाई नेता कोइरालाको चुनौती

0
188

भरतपुर । देशमा कोरोनाको कहर चलिरहेको समयमा सरकारले अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका एकल÷विधवा महिलाले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने भएपछी तिब्र बिरोध सुरु भएको छ । यसै बीच नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका एकल÷विधवा महिलाले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्नु सरकारको मुर्खता भएको बताएका छन् । भष्ट्रचारलाई नियन्त्रण गर्न असक्षम भैरहेको सरकारले आफ्नो जिम्मेवारी भुलेर सरकारको अभिभावकत्वको खाँचो भएका हरुको सुबिधा कटौती गर्नु न्यायसंगत नभएको उनको आरोप छ । सरकारले थप सहायता दिनु पर्नेमा उल्टै कटौती गरिनु सरकारकै लागि लाज भएको उनको टिप्पणी छ । उनि भन्छन “पुर्व भीआइपी र सांसदका आवस्यकताको लागि अर्बौको लगानी गर्न सक्ने सरकार गरिवको भत्ता किन काटेको छ ? यो सरकार गरिब जनताको आँसु लुटेर दलालहरू लाई खुशी पार्न अग्रसर भएको छ । ”

सरकारले अहिले गरिरहेको फजुल खर्च कटाएर, भष्ट्राचार नियन्त्रण गरेर जनतालाई दिदै आएको भत्तालाई निरन्तरता दिनु पर्ने उनको तर्क छ ।

साथै उनले सामाजिक सुरक्षा ऐन, २०७५ निर्माण गर्दा सामजिक सुरक्षा भत्ताबारे सङ्घीय संसदबाट नै कमी कमजोरी भई गम्भीर त्रुटी हुन गएको हुँदा उक्त ऐन सच्याउन र अति अशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका एकल÷विधवा महिलाले पाइरहेको सुविधालाई निरन्तरता दिन नेपाल सरकार समक्ष माग गरेका छन ।

यसरी एकल महिला र अपाङ्गता भएका व्यक्तिलाइ आफ्नो अधिकार बाट बिमुख बनाउदा उनीहरुको सम्मान पुर्वक बाच्न पाउने अधिकारमा समेत बाधा उत्पन्न हुने उनको चेतावनी छ ।

गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णयानुसार सामाजिक सुरक्षा नियमावली, २०७६ को कार्यान्वयन गर्न निर्देशन दिएपछि बिषय पेचिलो भएको छ । अर्को तर्फ भी आइ पीका सुरक्षा र आवस्यकताका लागि अधिक खर्च गर्ने गरेको सरकारले सामान्य जनताले पाउदै आएको सुरक्षा भत्तामा कटौती गर्ने भएपछी बिषय झन् आलोचित बन्न पुगेको हो ।

LEAVE A REPLY