नारायणी नदी किनारमा वाकिङ पाथ बनाउने काम तत्काल रोक्न कांग्रेस सचिव जोशीको माग

0
70

चितवन । नारायणी नदी किनारमा पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएसंगै विवाद पनि चुलिएको छ । भरतपुर महानगर र उद्योग बाणिज्य संघ चितवनको संयुक्त लगानीमा नदी किनारमा टायल बिछयाउने काम सुरु भएको थियो । तर वाकिङ पाथ निर्माणलाइ लिएर वडा कार्यालय वडा न १ नै रुष्ट देखिएको छ । भरतपुर महानगरपालिकाको ७७ लाख ३ हजार ७ सय ४९ र उद्योग वाणिज्य संघ चितवनको २० लाख गरी ९७ लाख ३ हजार ७ सय ४९ रुपैयाँको लागतमा टायल बिछ्याउन लागिएको हो । नदी किनाराको माथिल्लो भागमा ४२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ रहने गरी मोजाइक टायल बिछ्याएर वाकिङ पाथ बनाउन थालिएको अनलाइन खवरले समाचार प्रकाशित गरेको छ ।

तस्बिर ः अनलाइन खबर

यता वाकिङ पाथ बनाउने कामको विवादलाइ लिएर नेपाली कांग्रेसले आर्थिक पारदर्शिताको प्रश्न उठाएको छ । कांग्रेसका जिल्ला सचिव उत्तम जोशीले आर्थिक पारदर्शिता र प्रक्रियालाई लएर वडा कार्यालयले पत्र नै लेखेको कारण कामलाई स्थगित गरि पुनः प्रक्रियामा जानु पर्ने बताएका हुन् । उनका अनुसार वडा समितिको समन्वय र जानकारीमा उपभोक्ता समिति गठन गर्दा अनिवार्य उपभोक्ताहरुको भेला राख्नुपर्ने भए पनि आफूखूसी उपभोक्ता समिति गठन गरिएको छ । उनी भन्छन, “उद्योग बाणिज्य संघ वरपर रहेका टोल विकास संस्था र वडा कार्यालयलाइ समेत जानकारी नगराई काम भएको छ, उपभोक्ता समिति गठन वडा कार्यालयको रोहवरमा हुनुपर्नेमा आफु खुसी भएको छ ।”

खाता संचालन वडा कार्यालय मार्फत नभएको र लागत तर्जुमा गर्ने कार्य पनि वडा कार्यालय मार्फत नभएको उनले बताए । संचार माध्यममा यस सम्बन्धि समाचार आएपछि प्रशासनले अनुगमन गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।
वडा समितिको समन्वय र जानकारीमा उपभोक्ता समिति गठन गर्दा अनिवार्य उपभोक्ताहरुको भेला राख्नुपर्ने भए पनि आफूखूसी उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो ।

अधिकार सम्पन्न वडा कार्यालयले नै काम स्थगित गर्न उद्योग बाणिज्य महासंघलाइ बोधार्थ दिएर महानगरलाई पत्र पठाएपछि बिषय पेचिलो बनेको हो । वडा कार्यालयले भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ ‘महानगरपालिकको मात्र ७७ लाख रूपैयाँको योजना कार्यान्वयन हुन गइरहेको कुरा सम्बन्धित वडा समितिले जानकारी पाउनु पर्ने की नपर्ने ? यति ठूलो रकमको काम गर्ने ठेकेदार तथा व्यक्ति चयन गर्दा वडा समितिलाई जानकारी गराउनुपर्ने की नपर्ने ?’

नारायणी नदि किनारमा वाकिङ पाथ बनाउने कामलाइ लिएर गैडाकोट नगरपालिकाले आपत्ती जनाएको छ । नारायणी नदी साझा नदी रहेकाले त्यहाँ बन्ने संरचनाका बारेमा जानकारी र समझदारी अनिवार्य सर्त भएको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई उदृत गर्दै अनलाइन खबरले लेखेको छ ।

नारायणी नदी किनारको ‘ब्युटिफिकेसन’का लागि भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भैरहेको छ ।
“एसियन कंक्रिटो प्रा.लि.को चितवन बिक्रेता ओम सञ्जिवनी कंक्रिटो कन्सर्नले अधिकांश कामको जिम्मा पाएको छ । सोही कम्पनीले फिल्डमा सामानसमेत झारिसकेको छ । दुवैतिर कंक्रिटको सानो वाल लगाएर त्यसको बीचमा लगाइने मोजाइक टायलका लागि सञ्जिवनीले ९२ लाख ५ हजारको दरभाउपत्र गत वैशाख ३१ गते बुझाएको थियो । उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि उद्योग वाणिज्य संघ मातहतको उपभोक्ता समितिले दरभाउपत्र लिएर ठेकेदार छानेको हो ।” अनलाइन खबरले लेखेको छ ।

LEAVE A REPLY