सर्बहाराको नेतृत्वमा दलाल र माफियाहरुको रजाइँ ः नेता कोइराला

0
262

भरतपुर । सरकारले हालै प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को बजेटमा सामुदायिक बिद्यालयलाई निजि बिद्यालयले सघाउने नीति समावेश गरेपछि यसको चर्को बिरोध भइरहेको छ । सर्बहारा जनताको उत्थान र समाजवाद उन्मुख राज्य व्यवस्थाको कुरा गर्ने कम्युनिष्ट सरकारबाट निजिकरणलाई प्रसय दिने गरि आएको यस्तो नीतिले आम सर्वसाधारणको मनमा प्रस्न उब्जिएको छ । यस बिषयमा निकै टिप्पणी भइरहेका छन् ।

Advertisements

यसै बीच नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले सरकारले बजेटमा समावेश गरेको यस्तो नीतिले शिक्षा क्षेत्रमा भइरहेको कमिशन र मनपरीतन्त्र छरप्रष्ट भएको बताएका छन् । उनले कुनै पनि देशमा सरकार तथा शासन प्रशासन कस्तो छ भनेर बुझ्न परे त्यहाँको स्वास्थ्य र शिक्षा क्षेत्र गरिएको बताए । तर नेपालको परिपेक्ष्यमा भने ‘रावण राज्य’ छ । उनि भन्छन, “नेपालमा अहिले सम्म भएका लगभग सबै जसो राजनीतिक परिवर्तनका आन्दोलन गरिव र दिन दुखी सर्वहारा जनताको उत्थानको निम्ति गरिए । कति राजनीतिक पार्टीको उदय नै गरिवको सेवा र समृद्द राष्ट्रको लागि भए । नेतृत्वको लागि गरिवी, सार्वजनिक सेवाका नारा ‘दुहुनो गाइ’ जस्तै भयो ।”

गरिवको उत्थान र समृद्दीको चर्को नारा दिने कम्युनिष्टले शिक्षा क्षेत्रको लागी बजेटमा समावेश गरिएको नीति स्वाभाविक नभएको उनको टिप्पणी छ । “हामी खोज्छौं राम जस्ता शासक तर पाउँछौं रावणजस्ता । अहिलेको सरकारले नेपालको शिक्षा क्षेत्रमा विचित्र निर्णय गरेको छ । सामुदायिक विद्यालयको जिम्मा निजी विद्यालयले लिने । ठिक हो त यो निर्णय ?” कोइराला प्रश्न गर्छन, “सामुदायिकमा पढ्ने हाम्रा विद्यार्थीले लकडाउन बीचमा शिक्षा कसरी पाउँछन् सरकार ?”

सामुदायिक बिद्यालय कोरोना महामारीमा क्वारेन्टाइनका लागि प्रयोग भइरहेको बेला निजि बिद्यालयले भर्ना अभियान चलाएर पठाइ सुरु गर्ने गृहकार्य गर्न थालेका छन् ।

बर्तमान सरकार माफियाले घेरिएको सरकार भएको उनको भनाइ छ । “सबैलाई थाहा भएकै कुरा हो, सामान्यतया सामुदायिक विद्यालयमा हुँदा खाने पढ्छन्, निजीमा हुनेखाने पढ्छन् । यो सरकार हुनेखाने वर्गको हो कि हुँदा खाने वर्गको ? यही निर्णयबाट थाहा हुन्छ । देशमा अनेक खालका माफिया छन्, सबैखाले माफियाले सरकारलाई बन्धक बनाएका छन् । यो सरकार मेडिकल माफियाको कब्जामा परेकै थियो, शैक्षिक माफियाको नियन्त्रणमा पनि रहेछ भन्ने यो निर्णयबाट थाहा भयो ।”

LEAVE A REPLY