लियो क्लव अफ गीतानगरको नयाँ कार्यसमितिबाट पदभार ग्रहण , अन्तराष्ट्रिय शुल्क लायन्सले दिने

0
112

भरतपुर । लियो क्लव अफ गीतानगरको वर्ष २०२० र २१ को लागि नयाँ कार्यसमितिले आज (शुक्रबार) पदभार ग्रहण गरेको छ । यस अघि अनलाइन प्रविधिमार्फत गरिएको १६ औं शाखा अधिवेशले सञ्जीव ओझाको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।

Advertisements
लियो क्लव अफ गीतानगरको नयाँ कार्यसमिति
लियो क्लव अफ गीतानगरको नयाँ कार्यसमिति

क्लवको प्रथम उपाध्यक्षमा विवेक पोख्रेल, सचिवमा श्याम विश्वकर्मा र कोषाध्यक्षमा शिव शर्मा चयन हुनुभएको थियो । यस्तै क्लवको सदस्यहरुमा श्रेया सुवेदी, रविन देवकोटा, प्रशान्त कोइराला र सुजन सुनार सर्वसम्मत रुपमा चयन हुनुभएको थियो ।

लियो क्लव अफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लायन्स क्लव अफ गीतानगरका वर्ष २०२०/२०२१ का अध्यक्ष अशोक कोइराला, लियो क्लव अफ गीतानगरका संस्थापक सचिव एवम् लायन्स सदस्य प्रमोद पाण्डे, लियो क्लब अफ गीतानगरका पूर्व अध्यक्ष गोविन्द आचार्य, अनिस दाहाल सहितको उपस्थितीमा वर्ष २०१९/२०२० का अध्यक्ष विशाल कोइरालाले एक समारोहका विच नयाँ अध्यक्ष ओझालाई पद हस्तान्तरण गनुभएको हो ।

कार्यक्रममा बोल्दै लियो क्लव अफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लायन्स क्लव अफ गीतानगरका वर्ष २०२०/२०२१ का अध्यक्ष अशोक कोइरालाले देश भरीनै लियो क्लब अफ गीतानगरको शान विशेष रहेको भन्दै अहिलेको टिमले पनि सो गरिमा कायम राख्ने विश्वास व्यक्त गनुभयो । उहाँले लियो क्लब अफ गीतानगरको अन्तराष्ट्रिय दर्ता शुल्क अब बाट लायन्स क्लबले तिर्ने समेत बताउनु भएको छ ।यस अघि दर्ता शुल्कका लागि स्वयम् लियो क्लबका सदस्यहरुले शुल्क उठाउने गर्थे ।

लियो क्लव अफ गीतानगरका संस्थापक सचिव एवम् लायन्स सदस्य प्रमोद पाण्डेले शैक्षिक र बैदेशीक रोजगारीको कारण क्लबमा आबद्ध व्यक्ति देश बाहिर जाने क्रम बढेको भन्दै नयाँ आएको पुस्ताले यसलाई गति दिने विश्वास व्यक्त गनुभयो । यस्तै क्लबका पूर्व अध्यक्ष गोविन्द आचार्यले क्लबले अनुसासन सिकाउने हुदा यसका नियमहरुलाई आत्मसाथ गर्न सकेमा व्यक्तित्वमा समेत परिवर्तन आउने हुदा यसमा ध्यान दिन नयाँ कार्यसमितिलाई अनुरोध गनुभएको थियो ।

ओझा क्लवमा अध्यक्ष घोषण भए संगै विभिन्न संस्थाको सहयोगमा भरतपुर-१३ का अपाङ्गहरुलाई राहत वितरण समेत गरी सक्नु भएको छ । उहाँले क्लबको पहिलो प्राथमिकता कोरोना बाट बच्न र बचाउन सचेतना कार्यक्रम रहने बताउनु भएको छ । यद्धपी कोरोना कहरका कारण घर भित्र बसेका विद्यार्थी र युवाहरुको लागि निबन्ध लेखन प्रतियोगीत तत्काल गरीने बताउनु भयो ।

२००६ मा लियो क्लब अफ गीतानगरको स्थापना भएको हो ।

LEAVE A REPLY