अन्नपुर्णमा संचालित पशु आहार परियोजनाको सार्वजनिक सुनुवाई ःउद्योगको निर्माण अन्तिम चरणमा

0
202

भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीको पशु आहार उद्योगको निर्माण अन्तिम चरणमा पुगेको छ । आज सार्वजनिक सुनुवाई मार्फत निर्माण कार्य लगभग सकिएको जानकारी गराइयो । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण भैरहेको छ । १ करोड बागमती प्रदेश सरकार र १ करोड ४६ लाख सहकारीले लगानी गर्ने गरी परियोजना सुरु भएको थियो । परियोजनाको २०७६ फागुन ४ गते सम्झौता भएको थियो । अहिले ६३ सय स्क्वायर फिटको भवन निर्माण सकिएको छ ।

सुनुवाईमा सहभागी उमेश तिवारी, शिशिर तिमिल्सेना लगाएतले आर्थिक पारदर्शितामा कहिँ कतै कसै संग सम्झौता गर्न नसकिने बताए । सहभागीले आर्थिक पारदर्शिता, गुणस्तरीय काम र परिणामका सम्बन्धमा संस्था अधिक सजक हुनुपर्ने औल्याए ।

Advertisements

सार्वजनिक सुनुवाईमा अहिले सम्म भएको कार्यप्रगति, आर्थिक गतिबिधि, ठेक्का सम्झौता, खरिद सम्झौता, बिल र सम्पूर्ण प्रक्रियामा जानकारी गराइएको थियो । सुनुवाईमा अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष ऋषिराम चापागाईंले पशुपालनलाई व्यवसायीकरण र आधुनिकरण गर्नका लागि संस्थाले पशु आहार उद्योग संचालन गर्न लागिएको बताए । उनले सस्थामा आफु सुन्य सहनशिलता, अधिक पारदर्शिता र सामुहिक नेतृत्वको पक्षमा रहेको बताए। उनका अनुसार परियोजना सम्झौता भएयताको सम्पूर्ण गतिविधिको अभिलेख आवस्यक परेमा जो कोहिले पनि निरिक्षण गर्न सक्ने प्रष्ट पारे ।

उनका अनुसार १३ कठ्ठा क्षेत्रफलमा उद्योग संचालनमा आउने छ । लगानी गरिने २ करोड ४६ लाख मध्ये १ करोडको भौतिक संरचना लगाएत मासदाना, साइलेज प्याकिङ्ग मेसिन, टीएमआर मेसिन, ट्याक्टर, मकै काट्ने मेसिन, ट्रान्सफर्मर, ट्रक खरिद प्रक्रिया सकिएको छ । मासदाना मेसिनले प्रति घण्टा ५ टन दाना उत्पादन गर्ने छ । उद्योग बाट पशु दाना, साइलेज, टिएमआर उत्पादन गरिने छ ।

सहकारीले अहिले दुग्ध संकलन, प्रसोधन, बजारीकरण, गाइ फर्म, दाना मिल, बचत तथा ऋण कार्यक्रम, भ्याक्सिनेसन, युवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्र सरकारबाट ७५ लाख लगानीमा ३८ जना युवाले गाइ पालन गर्दै आएका छन् । २०४१ सालमा ५० जना कृषकबाट १ सय ३५ लिटर दुध संकलन गरेर सुरू गरिएको सहकारीले हाल ७ हजार लिटर दुध प्रसोधन गर्दै आएको छ । सहकारीमा ३ सय ९० सेयर सदस्य सहित ६ सय भन्दा बढी कृषक आवद्द छन् ।

LEAVE A REPLY