इनरह्वील क्लव अफ पर्वतमा सापकोटाको नेतृत्व

0
156

पर्वत । इनरह्वील क्लव अफ पर्वतको छैंटौ पदस्थापना समारोह शनिवार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ । क्लवका वर्ष २०१९÷२० का अध्यक्ष इनरह्वील जलन खत्री के.सी. ले वर्ष २०२०÷२१ का अध्यक्ष इनरह्वील अनिता सापकोटा चापगाईलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए। नेष्डो सुचना विभाग- विश्वकै स्वयम्सेवी महिलाहरुको अग्रणी संस्था इन्टरनेशनल इनरह्वील, डिष्ट्रिक–३५० नेपाल अन्र्तगत गठित इनरह्वील क्लव अफ पर्वतमा अध्यक्ष सापकोटा सहित १३ सदस्यीय नया कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।

Advertisements

पदभार ग्रहण गर्दै अध्यक्ष अनिता सापकोटा चापागाईले यस वर्ष कोभिड–१९ ले महिलामा पारेको प्रभाव न्यूनिकरण गर्न पहल गर्ने, शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने, सामाजिक सचेतनामा जोड दिने, महिलाको सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, मेगा स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम लाइ निरन्तरता दिने प्रतिबद्दता गर्नुभयो । उहाले बर्तमान चुनौतिको सामना गर्दै समाज र देशलाई सुसस्कृत बनाउन सक्षम हुने बिश्वास ब्यक्त गर्नु भयो।

सन २०१५ फ्रेवुरी ३ तारेखका दिन सामाजिक महिला अगुवा लक्ष्मी कुमारी मेधासी नेतृत्वमा १३ जना महिलाहरुद्वारा स्थापित क्लवले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे पश्चात निरन्तर पर्वत जिल्लामा दिनदुखीको सेवामा समर्पित रँहदै आएको छ । इन्टरनेशनल इनरह्वीलमा विश्वभरका १ सय ४ राष्ट्रमा गठित ९ हजार ९ सय ९५ क्लवमा १ लाख ८ हजार ६ सय १४ स्वयम्सेवी महिलाहरु आवद्ध हुँदै समाजसेवामा समर्पित हुँदै आएका छन ।

यसरी पदस्थापित हुने वर्ष २०१०÷२१ का क्लव पदाधिकारीहरुमा नि.वर्तमान अध्यक्ष जलन खत्री के.सी., उपाध्यक्ष गंगा शर्मा, सचिव खिममायाँ पाईजा गिरी, कोषाध्यक्ष मिना जोशी, आईएसओ सिता शर्मा, इटिडर सरिता शर्मा रहनु भएको छ । यसै गरी क्लवको वोर्ड सदस्यमा सुजता वि. पौडेल, तुलसी वि.पौडेल, गिता गिरी, लक्ष्मी उपाध्याय, गौरी गिरी र थुमा पौडेल अधिकारी रहनु भएको छ।

क्लवमा विभिन्न व्यवसाय तथा सामाजिक क्षेत्रमा सहभागी महिला अगुवा ६ जनालाई इन्डक्ट गरिएको थियो । यसरी नयाँ प्रवेश गर्ने नयाँ सदस्यहरुमा लायन्स क्लव अफ कुश्मा सिटीका पुर्व अध्यक्ष सरस्वती शर्मा जिज्ञासु लगायत हुनुहुन्छ । पदस्थापना समारोहमा अमरटिका प्रतिष्ठान, नेपालसंग सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको इनरह्वील व्यवसायिक सम्मान वितरण गरिएको थियो ।

LEAVE A REPLY