आदिकवी भानुभक्त जन्मजयन्ती बिशेष : सरकार-बेसार-कोरोना (कबिता)

0
115
शान्ति रिमाल ‘शीतल’ भ.म.न.पा. ०६, गितानगर, चितवन

तान्दै थिए खुट्टा उठेछ, सरकार ढल्दाढल्दै
खाए लाए यतिसम्म , म भए पहेलै बेसार दल्दादल्दै।।

कहिले भूक्षय – भुकम्प त कहिले बाढी पहिरो
यति लामो समयमा नि सकियन कोरोनाको ओइरो।।

गाउँ रोयो , ठाउँ रोयो,रोयो मेरो देश
हत्या हिंसा प्रकोप मात्र कस्तो हो यो संदेश ।।

रमिते झै जन्ता हेर्छन, अब बाकी के छ गर्न
भ्रष्टाचारि हरदम तयार आफ्नै झोली भर्न।।

दाजु भाइको नाता टुट्दा बिरानो भो मन ।
धमिल्याउने को चै होला पानी खाने मुहान।।

गासै सुक्यो , बासै उठ्यो , दुख्यो शिरको केश
हत्या हिंसा प्रकोप मात्रै कस्तो हो यो संदेश ।।

 

LEAVE A REPLY