बाढी र डुवानको जोखिम न्यूनीकरण गर्न कुनै पनि स्थानीय सरकारको ध्यान गएन ः सचिव जोशी

0
120
File photo

चितवन । बाढी पहिरोको प्रकोपले देशका अधिकांश जिल्ला प्रभावित भएका छन्। प्रभावित जिल्ला मध्ये चितवन पनि उच्च जोखिममा रहेको छ। चितवनको कविलास सहित भरतपुर महानगरपालिकाका विभिन्न वडाहरु, पूर्वी चितवन माडी लगाएत क्षेत्रमा बाढिको जोखिम उच्च छ ।
बिकासका लागि भौतिक संरचना खडा गर्ने क्रममा भएका अदुरदर्शी निर्णय र आपसी समन्वयको अभावको कारण बाढीको जोखिम बढेको हो। अब्यबस्थित रुपमा बिकास भएको प्लटिङ्गको कारण कतिपय क्षेत्र डुवानको खतरामा छन्। यसै बीच बाढी र डुवानको खतरा हुदाहुदै पनि स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न कुनै पहल गर्न नसकेको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले बताएका छन्। जनताको चुलोमा पानी पुगेर आगो बाल्ने अबस्था समेत नरहेको अवस्थामा स्थानीय सरकार मुखदर्शक बन्नु गैरजिम्मेवार पनको पराकाष्ट भएको उनको तर्क छ। “चितवनको कविलास, भरतपुर वडा न ६ को केहि स्थान लगाएत ठाउमा डुवानको कारण बिस्थापित हुने अवस्था आउदा पनि कुनै पहल कदमी हुन नसक्नु दुखद हो।” उनले भने, “ जोखिमको अबस्थामा पनि सुतेर बस्ने जनप्रतिनिधिले अब आफ्नो अधिकारको प्रयोग जनताको हितमा गर्नु पर्ने ध्यानाकर्षण गराउछु।”

Advertisements

LEAVE A REPLY