अन्नपुर्णको नमुना गाई फर्मको भरतपुर महानगरपालिका प्रमुख दाहालद्वारा उद्घाटन

0
151

भरतपुर । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी सस्थाको अन्नपुर्ण गाई स्रोत केन्द्र नमुना गाई फर्मको उद्घाटन भएको छ। आज ९शनिवार० एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गरिन। नमुना गाई फर्म भरतपुर महानगरपालिकाको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको हो। महानगरले ३० लाख र सस्थाको ३० लाख लगानीमा रहेको गाई फर्म अहिले सम्म अन्नपुर्णले लिजमा लिएको जग्गामा संचालन भैरहेको थियो।

Advertisements

उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका पशु पालन सहित समग्र कृषि क्षेत्रको विकास र बिस्तारमा केन्द्रित रहेको बताइन। उनले सुरुवाती चरणमा १ करोड बजेट रहेको पशुपालन क्षेत्रलार्इ अहिले ७ करोड पुर्याइएको बताइन। उनका अनुसार अहिले भरतपुर महानगरपालिका दुधमा आत्मनिर्भर भइसकेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार प्रति व्यक्ति बार्षिक ९१ लिटर दुध आवस्यक पर्छ। भरतपुर महानगरपालिकामा अहिले प्रति व्यक्ति १ सय ८ लिटर दुध उत्पादन भइरहेको छ। प्रमुख दाहालले तिब्र इच्छा शक्ति भएमा जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सकिने उदाहरण अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले प्रस्तुत गरेको जिकिर गरिन।  त्यस्तै अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले अन्नपुर्ण गाइ स्रोत केन्द्रले चितवन जिल्लाको पशु पालन र विकासको क्षेत्रमा योगदान दिइरहेको बताए। उनका अनुसार दुध उत्पादन, गाई पालन, बाच्छा बाच्छी उत्पादनमा यसले अग्रहणि भूमिका निर्वाह गरेको छ।
अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका पुर्व अध्यक्ष भगिरथ तिमिल्सेनाले अन्नपुर्ण सफल बन्नमा सबै कृषकको साथ रहेको बताए। उनले यस क्षेत्रका किसानको लगावलाइ राज्यका निकायले उचित सहयोग गर्नु पर्ने बताए।
सहकारीले अहिले दुग्ध संकलन, प्रसोधन, बजारीकरण, गाइ फर्म, दाना मिल, बचत तथा ऋण कार्यक्रम, भ्याक्सिनेसन, युवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्र सरकारबाट ७५ लाख लगानीमा ३८ जना युवाले गाइ पालन गर्दै आएका छन् । २०४१ सालमा ५० जना कृषकबाट १ सय ३५ लिटर दुध संकलन गरेर सुरू गरिएको सहकारीले हाल ७ हजार लिटर दुध प्रसोधन गर्दै आएको छ । सहकारीमा ३ सय ९० सेयर सदस्य सहित ६ सय भन्दा बढी कृषक आवद्द छन् । गाइ फर्ममा अहिले ३९ दुहुना गाइ छन्। यो संख्यालार्इ अब बढाइने बताइएको छ।

LEAVE A REPLY