कुसुमखोलाको चेपाङ बस्तिमा भएको आगजनी घटना प्रति कांगेस चितवनद्वारा भ्रत्सना

0
188

भरतपुर। माडी नगरपालिका वडा नं– ९ कुसुमखोलामा रहेका सुकुमबासी चेपाङ समुदायका घरहरुमा आगजनी गरेको घटनाप्रति नेपाली कांगेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisements

साउन ३ गते शनिबार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो बस्तीमा आगजनी गर्नुका साथै हात्ती लगाएर घर भत्काएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा बर्षातको कहाली लाग्दो समयमा कुसुमखोलाका सोझासाझा जनतालाई बिचल्लीमा पारेको बताइएको छ। बिज्ञप्तिमा जनताको बास जस्तो अति आधारभूत अधिकारको उपहास हुने गरि राष्ट्रिय निकुञ्ज प्रशासनले सो बस्तीमा आगजनी गर्नु आपत्तिजनक रहेको जनाइएको छ। बिज्ञप्तिमा भनिएको छ “२०५३ साल देखि सो बस्तिमा सिमान्तकृत चेपाङ्ग समुदाय लगाएत अन्य केहि मानिस बसोबास गर्दै आएका छन्। पटक पटक यी बसोबासको लागि लालपुर्जाको लागि निवेदन दिदा समेत कुनै सम्बोधन नभएको अवस्थामा दुखका साथ् सो ठाउमा बसोबास गरिरहेको अबस्थामा भएको घटना प्रति नेपाली कांग्रेस भ्रत्सना गर्दछ।” साथै नेपाली कांग्रेसले सो स्थानका जनताको माग सम्बोधन गर्न माग गरेको छ। निकुञ्जको जनविरोधि काम गरेको भन्दै क्षती पुगेका घरको तत्काल क्षतीपूर्ति दिन माग गरेको छ । दाङबहादुर प्रजा, दिपबहादुर चेपाङको घरमा आगजनी भएको थियो ।

LEAVE A REPLY