लायन्स र लियो क्लब अफ चितवन माउन्ट एभरेष्टद्वारा वृक्षारोपण

0
25

भरतपुर। भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट तथा लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो । बिद्यालयमा भएको खाली जग्गामा रहेको झाडी फाँडेर बिरुवा लगाइएको थियो ।

सो क्षेत्रमा अमला , बेल , जामुन , अर्जुना लगाएत करिब ३० वटा विरुवा रोपिएको लियो क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष उमेश थापाले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टेरनेशनल ३२५ बि टु का डिस्ट्रक्ट कोडिनेटर कमल प्रसाद श्रेष्ठले वृक्षारोपण विश्व वातावरण बचाउने राम्रो अभियान भएको बताउनु भयो । उहाँले वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताउनु भयो।

कार्यक्रममा ३२५ बि टु का जोन चियर पर्सन मेघराज कडेल , लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका चार्टर्ड प्रेसिडेन्ट लायन पुरन थापा मगर लगाएत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । लियो सीता सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रम लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष गोबिन्द अर्यालको अध्यक्षतामा भएको हो ।

LEAVE A REPLY