लकडाउनलाई सदुपयोग गर्दै घरमा नै गाडी बनाएका पौडेल दाजुभाई संग कोइरालाको भेट

0
88

भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य दिनेश कोइरालाले लकडाउनको समयको उच्चतम सदुपयोग गर्दै भरतपुर ६ चोकबजार÷इन्द्रपुरीका २ युवा लाई भेटघाट गर्नु भएको छ। लकडाउनको समयमा घर मै बिभिन्न सामाग्रीहरु जुटाएर गाडी निर्माण गरेका सफल पौडेल र कुशल पौडेलले सृजनात्मक काम गरेकाले उनीहरु हौसला र उत्प्रेरणाको पात्र भएको कोइरालाको भनार्इ छ। उहाँका अनुसार देशको युवा जनशक्तिले सृजनशील र रचनात्मक काम गरे देशमा नवप्रवतन र अनुसन्धानले नयाँ गति लिने छ । सरकारले समेत तिब्र इच्छाशक्ति भएका यस्ता होनाहार युवा प्रतिभालाई साथ दिए नवप्रवतन र अनुसन्धानमा टेवा पुग्ने उहाँको भनाइ छ। लकडाउनको कारण कक्षा १० अर्थात एसइईको परिक्षा स्थगित भएपछी कुसल पौडेलले गाडी बनाउने योजना बनाउनु भयो। सुरुवातमा कुसलले अगाडी बढाएको कार्यलार्इ कुसलका दाजु सफलले साथ दिए। अन्तत दाजु भाइको गाडी निर्माण गर्ने योजना सफल भयो। सो गाडी बनाउन १ लाख भन्दा धेरै आर्थिक खर्च भएको उहाहरुको भनाइ छ। आगामी दिनमा यसरी नै आविस्कारको क्षेत्रमा अध्ययन गर्नमा केन्द्रित हुने कुसल र सफलको योजना छ।

LEAVE A REPLY