लायन्स क्लव र लियो क्लव अफ गीतानगरद्वारा बृक्षारोपण

0
32

भरतपुर। गीतानगर लायन्स र लियो क्लब अफ गीतानगरले संयुक्त रुपमा बृक्षारोपण गरेका छन् । भरतपुर महानगरपालिका वडा न ६ र १३ को सिमाना लेक ट्वेण्टि थाउजेन फार्म एण्ड रिट्रिक्मा १०० भन्दा धेरै बृक्षारोपण गरिएको हो ।

Advertisements
तस्बिर : बिवेक पोख्रेल

लायन्सको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिएको क्लबका अध्यक्ष अशोक कोइरालाले बताए । बृक्षारोपणका क्रममा मलेसियन साल, चिल्ली बकाइनो, रिठ्ठा, कल्की लगाएतका बिरुवा रोपिएको थियो । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५बी२ का प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर रामप्रसाद भट्ट, डिष्ट्रीक्ट कोअर्डिनेटर नबराज सापकोटा, माधव प्रसाद पौडेल,डिष्ट्रीक्ट कोअर्डिनेटर एवम् सस्थापक अध्यक्ष लायन कमल प्रसाद श्रेष्ठ , प्रोग्राम कोअर्डिनेटर केशब प्रसाद पाठक,चिफ एरिया कोअर्डिनेटर लायन प्रवाकर पण्डित, अध्यक्ष लियो सन्जिब ओझा लगाएतको उपस्थिति थियो ।

LEAVE A REPLY