“मनोसामाजिक सहयोग परियोजना”को अभिमुखिकरण

0
169

भरतपुर। भरतपुर महानगरपालिका वडा न.१५ अन्तर्गतका ३ वटा माबि र एउटा सुस्तमनस्थिती कल्याण बिद्यालयमा सञ्चालन हुने “मनोसामाजिक सहयोग परियोजना” संचालनका लागी अभिमुखिकरण भएको छ। आज नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखामा “मनोसामाजिक सहयोग परियोजना” संचालनका निम्ति गर्नुपर्ने आवस्यक गृहकार्य, प्रयास र अपेक्षित नतिजाको बिषयमा छलफल भएको हो।
परियोजना अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनद्वारा कोरियन रेडक्रसको १ करोड २०लाखको आर्थिक सहयोगमा नेपाल भरीबाट भरतपुर महानगरपालिका वडा न.१५ अन्तर्गतका ३ वटा माबि र एउटा सुस्तमनस्थिती कल्याण बिद्यालय छनौट भएका हुन्। कार्यक्रममा नेरेसो जिल्ला शाखा चितवनका मनोसामाजिक अधिकृत प्रदिप सुबेदीले मनोसामाजिक सहयोग परियोजनाका सम्बन्धमा अभिमुखिकरण प्रशिक्षण पनि दिएका थिए ।
कार्यक्रममा नेरेसो जिल्ला शाखा चितवनका उपसभापति बिदुर के.सीले परियोजनाले सुस्तमनस्थिती भएका व्यक्ति र बिद्यार्थीका लागि सहजता ल्याउने बिश्वास ब्यक्त गरे। वडा न.१५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारीले वडा भित्र सन्चालन हुने यस परियोजनालाई सफल पार्न सबैमा अपिल गरे । उनले आफु र आफ्नो वडाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

Advertisements

LEAVE A REPLY