कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएपछी भरतपुर महानगरमा १ साता निषेधाज्ञा

0
70

भरतपुर । चितवनमा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएपछी भरतपुर महानगरपालिकामा १ साता निषेधाज्ञा गरिने भएको छ । आज भएको सर्वपक्षीय  छलफलमा कोरोना संक्रमण थप फैलनबाट रोक्न भरतपुर महानगरमा आज राती १२ बजेबाट लागू हुने गरि निषेधाज्ञा जारी गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ । सर्वपक्षीय छलफलमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङ, उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ, यातायात ब्यबसायी लगाएतका सरोकारवाला निकायका प्रमुखको उपस्थिति थियो । निषेधाज्ञा जारी भएसङगै सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प हुनेछन । यस अवधीभर अत्यावश्यक सेवा मात्रै सन्चालन गर्न पाइनेछ । स्वास्थ सुरक्षाको उपाय अपनाएर अत्यावश्यक उद्योग, सेवा संचालन गर्न पाइने छ । निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।

LEAVE A REPLY