सामाजिक कामको नाममा बिना दर्ता संस्था संचालन गर्दै वेबारिसे ब्यबस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखा !

0
110

लकडाउनको कारण दर्ता प्रक्रियामा ढिलाइ भएको स्वीकार

Advertisements

भरतपुर । वेबारिसे ब्यबस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाको काम बिबादमा तानिएको छ । केन्द्रले बिना शाखा दर्ता र स्थानीय सरकारको अनुमति बिना संस्था संचालन गरिरहेको छ । सुरुमा बेबारिसे शव ब्यबस्थापनलाई प्रमुख काम बनाएको केन्द्रले हालै सडकमा रहेका बृद्दबृद्दाको उद्दार गर्ने गरि तयारी गरेको वेबारिसे ब्यबस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाका उपाध्यक्ष प्रकाश थापाले बताए । उनका अनुसार सो भवन र साढे ३ कठ्ठा जग्गा नारायणगढ निवासी राजकुमार श्रेष्ठले सहयोग गरेका हुन् । केन्द्र कार्य संचालन रहेसम्म सो भवन र जग्गा केन्द्रले भोगचलन गर्ने सहमति श्रेष्ठसंग भएको संस्थाकी अध्यक्ष सिता कुँवरले बताइन। Image may contain: house, sky, outdoor and nature

“हाम्रो बिधानमा देश तथा विदेश जहाँ शाखा स्थापना भएपनि बिना दर्ता काम गर्ने भन्ने हो । मुख्य कार्यालय रहेको स्थानमा दर्ता गरेपछि अन्य स्थान, पालिका, जिल्लामा शाखा संचालन अनुमति लिनु पर्दैन।” उपाध्यक्ष थापाले भने, “अन्य काममा महानगरसंग हाम्रो निरन्तर सहकार्य हुदै आएको छ।”

संस्थाकी अध्यक्ष सिता कुँवरका अनुसार संस्था जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गर्नुपर्नेमा समय अभावका कारण बिना प्रक्रिया काम गर्नुपरेको बताउछिन् । “हामीबाट गल्ती भएकै हो, हामी गल्ती स्वीकार गर्छौ। लकडाउनका कारण दर्ता प्रक्रियामा ढिलाइ भएको हो ।”

केन्द्रले करिव १ बर्ष यता चितवनमा बिना दर्ता शाखा संचालन गरि सामाजिक अभियानको नाममा काम गर्दै आएको छ । अहिले सम्म ३ वटा बेबारिसे शव ब्यबस्थापन गरिसकिएको अध्यक्ष कुँवरको भनाइ छ । लकडाउनको समयमा समेत संस्थाले निरन्तर काम गर्दै आएको छ। सडकमा रहेका बृद्दबृद्दालाइ निकै समस्या र चुनौती रहेको बेला उनीहरुलाई साथ् सहयोग र उद्दार गर्नु आफैमा उत्कृस्ट काम हो। सरकारले गर्नु पर्ने काम सामाजिक अभियन्ताबाट भएको भए पनि दर्ता प्रक्रियामा ढिलाइ हुन पुगेको र छिट्टै प्रक्रियामा गएर प्रशासन र महानगरको सहकार्यमा काम अगाडि बढाउने अध्यक्ष कुँवरको भनाइ छ।

संघ सस्था दर्ता ऐन अनुसार कुनै पनि संस्थाको शाखा स्थापना गर्दा बैधानिकताको आधारमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकासँग अनुमति लिनुपर्ने भरतपुर महानगर सामाजिक बिकास तथा महिला प्रमुख शान्ताकुमारी पौडेलले बताइन। “संघ सस्था दर्ता ऐन अनुसार सामाजिक सस्था चल्न पर्ने हो । तर उहाँहरु आफ्नो संस्थाको बिधान अनुसार अनुमति र स्वीकृति बिना काम गर्दै हुनुहुन्छ भने कानुन भन्दा माथि कोहि हुनै सक्दैन। दर्ता प्रक्रिया अहिले सम्म भएको छैन।” पौडेलले भनिन, “निषेधाज्ञाको बीचमा भवनको उद्घाटन गरिएको छ भन्ने सुनेको छु, निषेधाज्ञालाई समेत उलंघन गर्ने काम भएको छ।”

उनका अनुसार सामाजिक सेवाको नाममा आफु खुसी चल्न नहुने र नियम बिपरित काम गरे सो संस्था र सो संस्थामा रहेका कार्यसमितिलाई स्थानीय सरकार र प्रशासनले कारबाही गर्ने छ ।

सडकमा रहेका बृद्दबृद्दाको उद्दारको निम्ति संचालित केन्द्रले सो भवनमा सडकमा बेबारिसे रुपमा रहेका बृद्दबृद्दाको उद्दार, उपचार र परिवार संग पुनर्मिलन गर्ने गरेको छ। चितवनको भरतपुर महानगरपालिका वडा न १ को ठिमुरामा वेबारिसे पुनःस्थापना केन्द्र चितवन शाखाको भवन रहेको छ । संस्था देश तथा विदेशबाट प्राप्त हुने आर्थिक सहयोगले चल्दै आएको छ।

LEAVE A REPLY