रगत अभाव भएपछी स्वास्थ्य सुरक्षा अपनाएर निषेधाज्ञा बीचमै केशरबाघमा रक्तदान

0
88

भरतपुर। चितवनमा कोरोनाको संक्रमणमा उच्च बृद्दि भैरहेको अबस्थामा रगत अभाव हुन थालेको छ । साउन ३१ गते यता निषेधाज्ञा छ। निषेधाज्ञाको कारण अझै रगत अभाव खड्किरहेको छ ।

Advertisements

निषेधाज्ञा बीच केशरबाघ डेरी चोकमा रक्तदान भएको छ । केशरबाघ बोइज क्लव(केबिसी), चितवन ग्रीन लायन्स र नेपालीज युथ इण्टर्प्रेनियुर फोरम(एनवाइइएफ)ले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । कोरोना संक्रमणलाई लिएर सरकारले आह्वान गरेको सामाजिक दुरी सहितको स्वास्थ्य सुरक्षा उच्च रुपमा अपनाएर रक्तदान गरिएको हो । कार्यक्रममा ५ महिला सहित ५३ जनाले रक्तदान गरे ।

भरतपुर ६ केशरबाघ स्थित केशरबाघ बोइज क्लवले समय समयमा रक्तदान कार्यक्रम साथै विभिन्न सामाजिक सचेतना मुलक कार्यक्रम गर्दै आएको छ।

सामान्यतया प्रतिदिन १ सय ५० युनिट रगत खपत हुदै आएको चितवनमा कोरोना कहरको समयमा औसदमा ७० युनिट रगत खपत हुदै आएको छ ।

LEAVE A REPLY