कोरोनाको कहर–मलको हाहाकार, मल लिन घण्टौ लाइनमा बस्न बाध्य

0
257

शिव शर्मा, चितवन भदौ १७ । चितवन सहित देश भर रासायिनिक मल युरियाको सहज आपूर्ति हुन नसक्दा किसान चरम मारमा परेका छन् । धान गोडेर छर्नु पर्ने युरिया मल धान पसाउने बेलामा समेत सहज छैन ।

Advertisements

“एका तिर कोरोना कहर, अर्को तिर मल हाहाकार” कोरोना संक्रमणको डर मनमा राख्दै भरतपुर ६ गीतानगर स्थित सर्वोदय बहुद्देशीय सहकारी संस्थामा मलको लाइनमा बसेका किसान टिकाराम सापकोटाले भने, “खेतमा गयो धान बिग्रिएको देख्दा आशु खस्छ, समयमा मल पाउनु छैन । कोरोनाको जोखिम मोलेर लाइनमा बस्नुपरेको छ।” उनले सरकारको किसान प्रति हेर्ने नजर तुच्छ रहेको आरोप लगाए । “जनताको सरकार छ भन्छन, खै जनताको दुख बुझ्न सकेको ? कृषिप्रधान देशमा किसान मर्नु पर्ने अवस्था कहिले सम्म ?” उनले प्रश्न गरे ।

सोहि लाइनमा रहेका अर्का किसान कुल प्रसाद पौडेलको गुनासो पनि उस्तै छ । उनी राति २ बजे सहकारीको गेटमा आएर मल कुरेको बताउछन् । “मल अत्याबस्यक छ, धानले मल नपाउदा बिग्रेको छ । समयमा मल नपाउदा धान फल्छ कि नाइँ एकिन पनि छैन । रोगले भन्दा भोकले मर्ने अबस्था देखा पर्दैछ ।” पौडेल भन्छन, “१५ कठ्ठाको धानलाई १० किलो मलले कति पुग्ला ? त्यहि पनि चित्त बुझाउनै पर्यो ।” प्रति कठ्ठा साढे २ किलो युरिया आवस्यक पर्दछ ।

No description available.
भरतपुर ६ गीतानगर स्थित सर्वोदय बहुद्देशीय सहकारी संस्थामा मलको लाइनमा बसेका किसान

सर्वोदय बहुद्देशीय सहकारीमा १ सय २० बोरा मल आएको थियो । “२० बोरा कोटामा पर्ने रहेछ तर मलको हाहाकार मच्चिएको छ । किसान टाउकोमा हात लगाउदै बस्नुको विकल्प थिएन । सर्वोदय बहुद्देशीय सहकारी संस्था अधिक धान खेति हुने क्षेत्रको सहकारी हो, यहाँ २० बोराले पुग्दैनथियो।” नेपाली कांग्रेसका नेता एवं गीतानगरका अगुवा दिनेश कोइरालाले भने, “ सिडियो साब संग कुरा गरेपछि थप १ सय बोरा मल आयो । केहि भनेपनि राहत मिल्यो ।”

उनले सरकार कृषिको नारा मात्र लगाएर किसान प्रति अनुत्तरदायी भएको आरोप लगाए। “मल आउनुपर्ने धान गोडे पछि हो, बल्ल बल्ल मल आएको छ । त्यहि पनि असहज छ । ५ दिन सम्म मलमा सहजता आउन सकेन भने किसानलाई लिएर आन्दोलनमा उत्रिन्छौ ।”

सर्वोदय बहुद्देशीय सहकारी सस्थामा करिव पन्ध्र सय किसान लाइनमा थिए । भरतपुर महानगर सहित चितवन जिल्लामा कोरोना संक्रमण फैलनबाट रोक्न निषेधाज्ञा जारी छ । करिव ५ सय. मिटरको लाइन ब्यबस्थापन, भिड नियन्त्रण र सामाजिक दुरी कायम गर्न प्रहरी नै परिचान गर्नु परेको थियो ।

सर्वोदय बहुद्देशीय सहकारीले प्रति व्यक्ति १० किलोका दरले मल बिक्रि वितरण गरेको सहकारीका अध्यक्ष प्रेम राज कोइरालाले बताए। “हाम्रो सहकारीमा केशरबाघ, गीतानगर, इन्द्रेपुरी, अमरबस्ति, पटिहानी, शिवनगर, शान्तिपुर, चम्पानगर लगाएत ठाउका किसानले मल लैजाने गर्दछन ।” कोइरालाले भने, “मलको आपूर्ति सहज हुन नसक्दा भिड बढेको हो । धेरै कोसिस गरेर १ सय २० बोरा युरिया खरिद गरेका थियौ, तर किसान पन्ध्र सय भन्दा बढि हुनुहुन्थियो ।”

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार चितवन जिल्लामा २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रपÞmलमा धान खेती हुदै आएको छ । चितवनमा ४० हजार क्विन्टल मलको माग छ । तर चितवनमा २ हजार १ सय क्विन्टल मल आपूर्ति भएको छ ।

समयमा मलको सहज आपूर्ति नहुदाँ यसबर्ष धान उत्पादन ह्वात्तै घट्ने कृषि बिज्ञको चेतावनी छ ।
सरकारको उदासीनताले मुलुकभर रासायनिक मलको अभाव भएपछि कृषकहरू खेतबारीमा हाल्ने युरिया, डीएपी जस्ता मलबेगर नै खेती गर्न बाध्य भएका छन् ।

मलको सहज आपूर्ति नगराउने समस्या विगतमा झैं यस वर्ष पनि दोहोर्याइएको छ । यसपटक भने कोभिड–१९ को बहाना गरेर कृषकहरूलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ ।

राज्यले मलमा वार्षिक करीब रु.६ अर्ब अनुदान दिएको छ । यो अनुदानले करीब तीन लाख टन मल किन्न पुग्छ । यसबाट रासायनिक मलको आधा माग मात्र पूर्ति हुन्छ । जबकि देशको वार्षिक माग भने झण्डै ६ लाख मेट्रिक टन हो ।

बोलीचालीमा चिनी मल भनिने युरियामा पाइने नाइट्रोजन बिरुवाको खाना बनाउन नभई नहुने मुख्य तत्व हो । बिरुवाले हरितकोषमा यही नाइट्रोजनको सहायताले सौर्य ऊर्जा उपयोग गरी पानी र कार्बनडाइअक्साइडबाट ग्लुकोज अर्थात चिनी बनाउँछ । सँगै यो सबै जीवन प्रक्रियामा नभई नहुने प्रोटिनको महत्वपूर्ण तत्वसमेत हो । तर अहिले बिरुवालाई यो चिनी बनाउन चाहिने चिनी मल भनेर चिनिने कृत्रिम मलबाट पूरा गरिन्छ ।

LEAVE A REPLY