शक्तिशाली कम्युनिष्ट सरकार दलालको फाइदा मात्र होइन, किसानको मर्का बुझ : दिनेश कोइराला

0
130

भरतपुर। नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले सरकारको अकर्मण्यताले कोरोनाको कहरमा किसान जोखिम मोल्न बाध्य भएको बताएका छन् । कोरोना संक्रमण भुसको आगो जसरी फैलिएको समयमा किसान रासायिनिक मलको आशामा घन्टौ लाइनमा बस्न बाध्य छन्। चितवन सहित देश भरि रासायिनिक मल युरियाको चरम अभाव छ। कोइरालाले सरकार कृषिको नारा मात्र लगाएर किसान प्रति अनुत्तरदायी भएको आरोप लगाए । उनले पहुँचका भरमा सरकारले मलको ठेकेदार चयन गरेको बताए । “पहुच र शक्तिका आधारमा राज्यले मल खरिद गर्न ठेक्का सम्झौता गर्छ। अनि मलमा समेत चरम अनियमितता र ढिलासुस्ती हुन्छ।” कोइरालाले भने, ” सरकार कस्को लागी ? पार्टी नेता, राजनीति कस्का लागी ? हामी जनता प्रति चिन्तित छौ ?”
उनले गरिब, किसान, बिपन्न बर्गको नारा दिएर नथाक्ने कम्युनिष्टहरुको शक्तिशाली सरकार रहेपनि उनिहरुको शक्ति सिमित ठेकेदार र दलालहरूका लागी प्रयोग भएको आरोप लगाए । “मल आउनुपर्ने धान गोडे पछि हो, बल्ल बल्ल मल आएको छ । त्यहि पनि असहज छ । ५ दिन सम्म मलमा सहजता आउन सकेन भने किसानलाई लिएर आन्दोलनमा उत्रिन्छौ ।”
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार चितवन जिल्लामा २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रपÞmलमा धान खेती हुदै आएको छ । चितवनमा ४० हजार क्विन्टल मलको माग छ । तर चितवनमा २ हजार १ सय क्विन्टल मल आपूर्ति भएको छ ।

Advertisements

समयमा मलको सहज आपूर्ति नहुदाँ यसबर्ष धान उत्पादन ह्वात्तै घट्ने कृषि बिज्ञको चेतावनी छ ।
सरकारको उदासीनताले मुलुकभर रासायनिक मलको अभाव भएपछि कृषकहरू खेतबारीमा हाल्ने युरिया, डीएपी जस्ता मलबेगर नै खेती गर्न बाध्य भएका छन् ।

मलको सहज आपूर्ति नगराउने समस्या विगतमा झैं यस वर्ष पनि दोहोर्याइएको छ । यसपटक भने कोभिड–१९ को बहाना गरेर कृषकहरूलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ ।

राज्यले मलमा वार्षिक करीब रु.६ अर्ब अनुदान दिएको छ । यो अनुदानले करीब तीन लाख टन मल किन्न पुग्छ । यसबाट रासायनिक मलको आधा माग मात्र पूर्ति हुन्छ । जबकि देशको वार्षिक माग भने झण्डै ६ लाख मेट्रिक टन हो ।

LEAVE A REPLY