भरतपुर-१३ पृथ्वीनगरमा आकर्षक कमलपोखरी पार्कको लकडाउनमा समेत काम तिब्र

0
271

शिव शर्मा भरतपुर । भरतपुर १३ पृथ्वीनगर स्थित कमलपोखरीमा निर्माणाधीन कमलपोखरी दुर्गा मन्दिर पार्कको काम करिव करिव सम्पन्न भएको छ । २०७१ साल देखि योजना निर्माण गरि सुरु गरिएको कमलपोखरी पार्कको निर्माण चलिरहेको छ । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउन र त्यसपछि भरतपुर महानगरले लागु गरेको निषेधाज्ञाको बीचमा धमाधम काम भैरहेको छ ।

Advertisements

“सुरक्षा सतर्कता अपनाएर काम गरेका छौ, असार मसान्तमा सक्नु पर्ने थियो तर कोरोनाको कारण केहि असर पर्यो । अब दशैँ अघि नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौ।” कमलपोखरी तथा दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार सापकोटाले भने, “डर र त्रासका बीच केहि गरौ र गर्छौ भन्ने अठोट गरियो, आँट गरेपछि मृत्यु संग पनि डर नलाग्दो रहेछ।”

कमलपोखरी संरक्षण तथा पार्क निर्माण संयोजक खिलराज रेग्मीका अनुसार पर्यटन मन्त्रालयले आर्थिक बर्ष २०७५र७६ मा ५० लाख बजेट बिनियोजन गरेको थियो। जन(श्रमदान बाट ६ लाख गरि करिव ५६ लाखको लागतमा पार्क बन्ने छ। आर्थिक बर्ष २०७४र७५ मा मन्दिर परिसरको लागि कम्पाउण्ड गर्न २ पटक गरि १० लाख बजेट बिनियोजन भएको थियो। साथै सभाहल निर्माणको लागि प्रदेश सरकारले २० लाख बजेट बिनियोजन गरेको छ। पार्क भरतपुर १३ को प्रमुख आकर्षकको रुपमा विकास गरिने गरि काम भैरहेको रेग्मीको भनाइ छ।

“स्थानीयको सहयोग र उत्प्रेरणाले कामले निरन्तरता पाइरहेको छ, सामाजिक दायित्व बहन गरेर स्थानीय युवाले पनि निकै सहयोग गरिरहेका छौ ।”, स्थानीय युवा संजीव ओझाले भने, “भरतपुर १३ को पर्यटकीय विकासमा पार्कले थप रौनक थप्ने छ ।”

नवदुर्गा भवानीको पुजाआजाको लागि मन्दिर खुल्ला रहने गर्दछ । केहि भौतिक संरचना सहयोगी दाताबाट निर्माण भैरहेको अध्यक्ष सापकोटाको भनाइ छ ।

मन्दिर परिसर भित्र आकर्षक पार्क, १ सय ८ शिव लिङ्ग, गेट, बस्ने कुर्सि, पानि फोहोरा, बाल उधान लगाएत भौतिक निर्माण भैरहेका छन् ।

केहि समय अघि भैसी आहाल बस्ने पोखरी अहिले रमणीय देखिन थालेको छ । बर्षात र हिउँदको समयमा मूल फुटेर पोखरीमा आफै जम्मा हुने गरेको स्थानीय युवा ओझाले बताए । पार्कमा पोखरीको बीच भागमा स्थापाना गरिएको कमलको फुल माथि दुर्गा भवानीको प्रतिकले झनै पार्कको रौनक बढाएको छ । केहि समय पछि नै हिउँदको समयमा पनि प्रयाप्त पानीको लागि बोरिङ्गको व्यवस्था गरिने छ । पार्क ४ कठ्ठा १७ धुर क्षेत्रफलमा फैलिएको छ ।

LEAVE A REPLY