कांग्रेसभित्रको झगडा : सुल्झिनुको साटो बल्झिँदै

0
43

काठमाडौं : नेपाली कांग्रेसभित्रको घर झगडा सुल्झिनुको साटो बल्झिँदै गएको छ । विधि र पद्धतिको कुरा गर्नेहरु मौका पाउनासाथ विरोधी गुटलाई सिध्याउने दाउमा लागिहाल्छन् । अहिले बरिष्ठ नेता पौडेल समुह राजीनामा दिनेसम्मको घुर्कि लगाएर बसेको छ । तर कांग्रेसलाई बुझेकाहरु यो खेमाको चेतावनी महाधिवेशमा कार्यकर्ताको मन जित्ने दाउ मात्र भएको टिप्पणी गर्दछन् । व्यक्तिवादले प्रश्रय पाएको कांग्रेसमा सभापति शेरबहादुर देउवा पार्टीमा आफ्नो विरासत स्थापित गर्न कम्मर कस्नुभएको छ ।

Advertisements

आगामी महाधिवेसनबाट कार्यकाल दोहोर्‍याउने देउवाको मनसाय प्रष्ट छ । २८ विभागलाई बढाई ४७ पुर्‍याएर आफु निकट करिव चौविस कार्यकता भर्ती गर्नु महाधिवेसनमा पकड दह्रो बनाउनु खेल हो । देउवाले विधानलाई लात मारेरै ६ महिनामा गठन गर्नुपर्ने विभागहरु महाधिवेसनको सम्मुखमा गठन गर्नुभएको हो । कांग्रेस नेता लोकेश ढकाल देउववाद पार्टीमा लाद्ने काममा सहयोगी भूमिकामा इतर समूह देखिएको टिप्पणी गर्नुहुन्छ ।

४ वर्ष सम्म सभापतिले विधानविरित काम गर्दा पनि कता भाग पाइन्छ भनेर च्याखे दाउँ थापेर बस्नु इतर समूहको कमजोरी हो ।
महाधिवेसनको सम्मुखमा सभापतिलाई गलाउन र कार्यकताको भावना जित्न शूरु भएको अल्टिमेटमदेखि सत्याग्रहसम्मको चेतावनीले पार्टीमा विग्रिएको प्रणाली बस्छ भन्ने सुनिश्चितता छैन । सभापतिले पार्टीमा एकलौटी गर्दा रमिते बनेको इतर समूहको विरोधको स्वर पार्टीभित्र प्रणालीको बहस गर्न नभइ महाधिवेसनमा नेतृत्व हत्याउने रणनीति मात्र भएको बुझाइ कांग्रेसमा छ ।

विरासत र व्यक्तिवादको राजनीतिमा चुलुम्म डुवेका नेताहरुनै आसन्न महाधिवेसनबाट नेतृत्व हत्याउने योजनामा छन् । नेता, ढकाल नेतृत्वका लागि चर्चामा आएका नामहरुले कांग्रेस रुपान्तरण गर्न नसक्ने दाबी गर्नुहुन्छ । कांग्रेस त्यहीँ पार्टी हो जसका संस्थापक नेताहरु गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराइले कोपभाजनमा परेर पार्टी परित्याग गर्नुपरेको थियो । स्थापनाकालदेखि नै गुटबन्दीको मारमा परेको कांग्रेसले आधा सताब्दी पार गर्दा पनि पुरानो गल्ती सच्याउन सकेको छैन ।

LEAVE A REPLY