बजार खुलाउने तर बजार सम्म आउने सर्वसाधारणलाई जरिवाना गर्नु अस्वीकार्य ः चितवन कांग्रेस

0
108

भरतपुर । चितवनमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी छ । निषेधाज्ञा भदौ २० यता केहि खुकुलो बनाइएको छ । बजारमा केहि क्षेत्रका ब्यबसाय खोल्न पाउने गरि जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ । बजार खुले संगै उपभोग्य समान खरीद गर्न ग्राहक बजार सम्म पुग्नु स्वाभाविक हो। तर बजार खुलेपनि बजार सम्म पुग्नेलाई बीच बाटोमा नै सुरक्षाकर्मीले जरिवाना गर्ने गरेको छ ।

Advertisements

बजार खुलाउने र बजार सम्म जाने सर्वसाधारणलाई जरिवाना गराउने प्रति नेपाली कांग्रेस चितवनले कडा आलोचना गरेको छ । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बजार खुलाउने र बजार सम्म आउने सर्वसाधारणलाई जरिवाना तिराउने काम नगर्न प्रशासनलाई आग्रह गरेका हुन् । उनले सरकारले कोरोना सक्रमण रोकथामका निम्ति सरकारले जारी गरेका हरेक नियम पालना गर्दै अत्याबस्यक काममा मात्र बाहिर निस्कन, माक्सको अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र उच्चतम स्वास्थ्य सजकता अपनाएर ब्यबसाय संचालन गर्न समेत सर्वसाधारणमा अपिल गरेका छन् ।

साथै उनले सरकारी अस्पताल मात्र नभई निजि अस्पतालले पनि कोरोना परिक्षण र उपचारका निम्ति सर्वसुलभ गर्नुपर्ने आवस्यकता रहेको बताए । उनका अनुसार पिसिआर परिक्षण र कन्ट्रयाक ट्रेसिङ्ग जस्ता महत्वपुर्ण काममा ढिलाइ नगर्न आग्रह गरे ।

साथै जोशीले कृषि क्षेत्रमा सरकारले गरेको विभेदको चर्को बिरोध जनाए । धान गोढेर छर्नु पर्ने युरिया मल धान पसाउदा सम्म सहज तरिकाले मल नपाउनु सरकारको लाचारीपन भएको बताए ।

LEAVE A REPLY