लियो क्लव गीतानगर र रत्ननगर पिसको अनलाईन वर्कशपमा ग्राफिक्स डिजाइन सम्बन्धी प्रशिक्षण

0
22

भरतपुर । लियो क्लवले आयोजना गरेको तिन दिने अनलाईन वर्कशपको दोस्रो दिन आज ग्राफिक्स डिजाइन सम्बन्धी प्रशिक्षण भएको छ। लियो क्लव अफ गीतानगर र लियो क्लव अफ रत्ननगर पिसले संयुक्त रुपमा शुक्रवार देखि अनलाईन मार्फत कार्यक्रम गरेको हो । जुम मार्फत भएको वर्कशपको दोस्रो दिन आज ग्राफिक्स डिजाईनर गोविन्द आचार्यले ग्राफिक्स डिजाइन सम्बन्धी विविध बिषयमा प्रशिक्षण गराउनु भयो।

Advertisements

यस्तै आईतबार टेलि कम्युनिकेशन ईन्जिनियर राजु ढकालले प्रशिक्षण दिने कार्यक्रम रहेको लियो क्लव अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिनुभयो। तालिमको पहिलो दिन वर्डप्रेस डिजाईनर मनिस कंडेलले प्रशिक्षण गर्नु भएको थियो ।
तालिमको अन्तिम दिन अर्थात् आइतबार ‘लियो डिस्ट्रिक काउन्सिल ३२५ बि टु’ का डिस्ट्रिक प्रेसिडेन्ट कुबेर पाठकको प्रमुख आतित्थ्यता रहने छ।
आजको कार्यक्रममा एरिया कोर्डिनेटर पुर्सोत्तम सुबेदी र रिजनल कोर्डिनेटर रबिन्द्र शर्मा र किरण लामिछानेले शुभकामना मन्तब्य दिनु भएको थियो।
तालिमा हरेका दिन २ बजे देखी ४ बजे सम्म हुने समेत अध्यक्ष ओझाले जानकारी दिनु भयो । तालिमको शुक्रवार लायन्स क्लवका जिल्ला विस्तारक कमल प्रसाद श्रेष्ठले उद्धघाटन गर्नु भएको थियो ।

कोरोनाका कारण फुसर्दिला धएका क्लवका सदस्यहरुलाई प्रविधिको उच्चतमा प्रयोग गर्न सिकाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको लियो क्लव अफ रत्ननगर पिसका अध्यक्ष सुवास अर्याल ले जानकारी दिनुभयो । कार्यक्रमको संयोजकको रुपमा प्रसान्त कोइराला र दर्शन क्षेत्री रहनु भएको थियो ।

LEAVE A REPLY