सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जना चितवनमा पक्राउ

0
67

भरतपुर । सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। सो गिरोहले सामाजिक सञ्जाल इमो प्रयोग गरि २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा तपाईको पैसा सवै वदर हुन्छ भन्दै प्रलोभनमा पारेको अनुसन्धान बाट खुलेको छ।

Advertisements

घटना बारे सुचना पाएपछि प्रहरी नायब उपरिक्षक ९डिएसपी० रविन कार्कीको नेतृत्वमा खटिएको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोहि स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको हो।

गत असोज ४ गते दिउसो साढे ४ बजेको समयमा कालिका नगरपालिका ४ चितवन कि ४४ बर्षीय सिता थपलियालाई इमोमा सम्पर्क गरि सो गिरोहले चिट्ठा परेको बताएको थियो। पिडितलाई फोन गरी आज तपाईको चिट्ठा वातपको पैसा पच्चीस लाख पाउनु हुन्छ, सो रुपैया प्राप्त गर्नको लागी तपाईले केही पैसा कर तिर्न पर्छ भन्दै पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धान बाट खुलेको छ। सोहि दिन पच्चीस लाख प्राप्त गर्न १ लाख कर लाग्ने भन्दै मागेको र पटक पटक विभिन्न बाहनामा २ लाख ८० हजार रकम ठगी गरेको थाहा पाए पछि पिडित प्रहरी सम्पर्कमा पुगेकी थिइन।

पक्राउ परेका दुवैलाई ईलाका प्रहरी रत्ननगर टाँडी ल्याई चितवन जिल्ला अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी रत्ननगर टाँडीका डिएसपी रविन कार्कीले बताए । सामाजिक सञ्जालमा यस्ता मिथ्या प्रलोभनमा नपर्न र केहि सुचना भए प्रहरीलाइ खबर गर्न डिएसपी कार्कीले आग्रह गरे।

पछिल्लो समय पूर्वी चितवनको शान्ती सुरक्षाको जिम्मेवारी सम्हालेका कार्कीले जुनकुनै घटनाको सुक्ष्म अनुसन्धान गरि शान्ति सुरक्षा कायम राखेका छन्। ईलाका प्रहरी रत्ननगर टाँडीमा डिएसपी परिवर्तनको शृंखलालाई तोड्दै उनी पूर्वी चितवनमा लोकप्रिय बनेका छन्।

LEAVE A REPLY