बागमती प्रदेश प्रहरी कार्यालयको ८ दिने अनुशिक्षण तालिम सकियो

0
49

भरतपुर : बागमती प्रदेश प्रहरी कार्यालयमा ८ दिने “सुचना प्रविधी सम्बन्धी अनुशिक्षण तालिम” सकिएको छ। कार्यालयलाई स्मार्ट कार्यालयको रुपमा विकास गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई सुचना प्रविधी सम्बन्धी ज्ञान सिप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम संचालन भएको हो।

Advertisements

कम्प्युटर सम्बन्धी ज्ञाननै नभएका र सामान्य ज्ञान भएका प्रहरी जवान देखी प्रहरी नायव निरीक्षक सम्मका प्रहरी कर्मचारीहरुलाई लक्षीत गरी संचालन गरीएको अनुशिक्षण तालिममा कम्प्युटर सम्बन्धी आधारभुत जानकारीका साथै पेपरलेस प्रणालीको बारेमा प्रशिक्षण प्रदान गरीएको थियो ।

भदौ ३१ देखि सुरु भएको तालिमको डिअाईजी बसन्त कुमार लामाको प्रमुख आतिथ्यमा समापन भएको हो। अनुशिक्षण तालिममा २२ जना प्रहरी कर्मचारीहरुको सहभागी रहेको थियो ।

LEAVE A REPLY