चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

0
129

चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर १३ का अन्दाजी ६०/६५ वर्षीय जन्हु महत्तोको बाघको आक्रमणबाट मृत्यु भएको हो। बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका महत्तोलाइ बिहान करिव ११ बजेको समयमा बाघले आक्रमण गरेको हो। महत्तो सहित घास काट्न गएका अन्य ८ जना सुरक्षित रहेको इलाका प्रहरी कार्यालय गीतानगरका हवल्दार अप्सरा परियारले जानकारी दिनु भयो । अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाइ डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको थापाले बताए ।

Advertisements

LEAVE A REPLY