चितवनमा पसलमा मूल्यसूची अनिवार्य राख्न निर्देशन

0
29

चितवन  । चाडपर्व नजिकिएसँगै चितवनमा सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको छ । प्रशासनले यसअघि प्याजको कालोबजारी बढेपछि बजार अनुगमन गरेर कारबाही गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिएको बताए ।

Advertisements

मूल्यसूची अनिवार्य टाँस नगरे कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।

अनुगमन नियमित हुने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शाहीले चाडपर्वमा हुनसक्ने कालोबजारी र मूल्य बढाइ ठगी गर्ने सम्भावना धेरै हुने हुँदा बजार अनुगमन बढाइने बताउनुभयो ।

LEAVE A REPLY