विद्युतीय कारमा लगाइएको अन्तःशुल्क घटाउने सरकारको निर्णय

0
17
A staff member poses with a charging plug for an e-Golf electric car, outside the new production line of the Transparent Factory of German carmaker Volkswagen in Dresden, Germany March 30, 2017. REUTERS/Fabrizio Bensch

काठमाडौं । सरकारले विद्युतीय कारमा लगाएको अन्तःशुल्क घटाएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको आर्थिक ऐनबाट विद्युतीय कारमा लगाइएको अन्तःशुल्क घटाउने निर्णय गरेको हो। व्यवसायीहरूले विद्युतीय गाडीमा लगाएको अन्तः शुल्क हटाउन दबाब दिँदै आएका थिए। व्यवसायीको प्रभावमा हतारहतार यो निर्णय गरेको जनाइएको छ।

Advertisements

चालु वर्षको आर्थिक ऐनबाट विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तःशुल्क ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाइएको थियो।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३० प्रतिशत अन्तःशुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ। यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ।

अब भने ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा ६ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने भएको छ। ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको जनाइएको छ।

त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिएको छ। १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY