“डा केसीको माग सम्बोधन नगरे जनता सडकमा आउनेछन्, नेतृत्वको खराव प्रवृतिको अन्त्य हुनेछ।” : दिनेश कोइराला

0
65

चितवन : स्वास्थ्य क्षेत्रको सुधार र अन्य सरकारी गतिविधि विरुद्ध सुधारको माग राख्दै २२ दिन देखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको लागी भरतपुरमा प्रदर्शन भएको छ । सचेत नागरिक समाज चितवनको आयोजनामा डा गोविन्द केसीको माग बारे सरकारलाई घचघच्याउन भन्दै समाजले चौबिसकोटीमा प्रदर्शन गरेको हो । प्रदर्शनमा “डा केसीको जीवन रक्षा गर”, “डा.केसीका माग अबिलम्ब सम्बोधन गर” लगाएतका प्लेकार्ड र नारा लगाइएको थियो ।

Advertisements

प्रदर्शनलाई सम्बोधन गर्दै सचेत नागरिक समाजका अभियान्ता दिनेश कोइरालाले सरकारले डा.केसी जस्ता सत्याग्रहीको माग सम्बोधन गर्न सरकारले खुट्टा कमाएको बताए । उनका अनुसार २ तिहाइको शक्तिशाली सरकार एउटा सत्याग्रहीको सान्दर्भिक र जायज मागको सम्बोधन गर्न डराएको छ ।

“डा.केसीको माग समग्र जनताको माग हो, एउटा सत्याग्रही २२ दिन देखि यो देशको हितका निम्ति लडिरहेको छ । सरकार मन्त्री र सांसद कै रस्साकस्सीमा छ ।” कोइरालाले भने, “डा.केसीको माग सम्बोधन गर्दा सरकारलाई घाटा हुदैन । सरकारले एउटा भएपनि राम्रो काम गर्थियो ।” उनले २४ घण्टा भित्र सरकारले बार्ता मार्फत डा केसीको माग सम्बोधन नगरे सारा नेपाली सडकमा उत्रिने चेतावनी दिदै भने, “जनता जागे पछि नेतृत्वको खराव प्रवृतिको अन्त्य हुनेछ ।”

उनले डा गोविन्द केसीको त्याग र समर्पणलाई नजर अन्दाज नगर्न सरकारलाई चेतावनी दिए । “यो सरकार बिचौलिया र माफियाको मात्र कुरा सुन्छ। आम जनताको सुन्दैन, जसरी आज डा केसी जनताको मागलाई लिएर सुतिरहनु भएको छ, सरकार जति जति गोविन्द केसी सुत्छन त्यति त्यति नेपाली जनता उठ्नेछन ।”

समाजले डा केसीको माग सम्बोधनका निम्ति दवाव दिन मंगलबार दिउसो ११ बजे चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताइएको छ ।

सत्याग्रहकै क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने मुख्य उनको माग छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई कृत्रिम अक्सिजन दिन थालिएको छ ।

LEAVE A REPLY