भरतपुरमा पार्किङ ब्यबस्थित गरिदै, अटेरी गरे कारवाही

0
45

चितवन । चाडपर्व नजिकिदैं जाँदा भरतपुर महानगरको व्यस्त बजार क्षेत्रमा सवारी साधनको पार्किङलाई थप व्यस्थित बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका चितवनका अनुसार सहिद चोक भित्र मिलन रोड, जुन हल रोड, प्रगति पथ, भृकुटी पथ र पुतलीबजार क्षेत्रका सडकमा एकतर्फी रुपमा दुइपाङ्ग्रे सवारी साधनका लागि मात्र पार्किङ तोकिएको छ भने अटो रिक्साहरुलाई शहिद चोक र भृकुटी चोकबाट प्रवेश निषेध गरिएको छ । वढ्दो सवारी चाप र मानिसहरुको बाक्लो आवागमनका कारण बजारका भित्री सडक पनि जाम हुने समस्या वढेपछि ट्राफिक प्रहरीले एक्सन लिएको हो ।

Advertisements

टोल सुधार र बजार व्यवस्थापन समितिहरुसंग समन्वय गरि उक्त व्यवस्था मिलाइएको हो । उक्त क्षेत्रमा ठूला मालवाहक सवारीलाई बिहान ८ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म प्रवेश गरी सामान लोडरअनलोड गर्न पनि निषेध गरिएको छ भने ठेला रिक्सालाई पनि क्याम्पाचौर आसपास व्यवस्थापन मिलाउने प्रयास भैरहेको प्रहरीको भनाई छ। नियम विपरित जथाभावी सवारी साधन पार्किङ गरिएको पाइएमा ट्राफिक नियम बमोजिम कडा कारबाही एंव जरिवाना गरिने जानकारी गराउँदै अटेर नगर्न सवैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY