एसएसपी दिपकको एक्सन : वैदेशिक रोजगारको नाउँमा ठगी गरी फरार अभियुक्त पक्राउ

0
49

चितवन : बैदेशिक रोजगार पठाइदिन्छु भनी लोभ लालच र प्रलोभनमा पारी पैसा लिएर फरार भएका अभियुक्तलाई नेपाल प्रहरीले हिजो पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय अपराध महाशाखा काठमाडौँमा प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । पछिल्लो समयमा अपराध महाशाखामा थापा आएसगैँ अपराध निस्तेज पार्ने अभियान तीव्र छ । जसले अपराधीहरुको भागाभाग भईरहेको छ ।

Advertisements

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक माङ्खा गाविस ७ अहिले बलेफि गाउँपालिका ६ घर भई काठमाण्डौ बौद आरुबारी बस्ने २८ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । सृजना दोङ समेतका व्यक्तिहरुलाई विदेश पठाएर राम्रो काम लगाइदिने आशा देखाएर तामाङ सहितले ४६ लाख ५० हजार ठगी गरेका थिए ।

आफू ठगीमा परेको पत्तो पाएपछि सृजना दोङले प्रहरीमा निवेदन दिनुभएको थियो । ठगीमा संलग्न तुल बहादुर तामाङ यसअघि नै पक्राउ परिसकेका थिए । उनीहरु विरुद्ध वैदेशिक रोजगार कसूर मुद्दामा प्रतिवादीहरु तुल बहादुर तामाङ समेतलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४ भदौ ११ को फैसला आदेशले जनही १ वर्ष ६ महिना कैद र रु.१ लाख ५० हजार जरिवाना ठहर भएको थियो ।

फरार रहेका उनीहरुमध्य तुल बहादुरलाई प्रहरीले असोज १६ गते काठमाण्डौ २८ डिल्लीबजारबाट पक्राउ गर्न सफल भएको थियो भने भिम बहादुलाइ हिजो दिउसो २ बजे काठमाण्डौ महानगरपालिका ६ बौद्ध स्तुपाबाट पक्राउ गरी आज काठमाण्डौ जिल्ला अदालत, ववरमहल पठाईएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY