डा. केसीको जीवन रक्षाको माग गदै चितवनमा सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
105

चितवन । २३ दिन देखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितवनमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । सचेत नागरिक समूह चितवनको सक्रियतामा प्रमुख जिल्ला अधिकारी मार्फत गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग गरिएको हो ।

समाजका अध्यक्ष नारायण चालिसे र कार्यक्रम संयोजक दिनेश कोइरालाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सामान्य नेपाली नागरिकले सर्वशुलभ स्वास्थ्य सेवा उपभोग गर्न पाउने बिषयको माग राखी १९ औं पटक अनसन बस्नु पर्ने बाध्यता लज्जाबोध भएको जनाइएको छ । पत्रमा डा. केसी माथीको पटक पटकको धरपकड र दमनबाट नेपाली जनता चिन्तित भएको लेखिएको छ । नेपालको संबिधान २०७२ को भाग ३ अन्तर्गत “मौलिक हक र कर्तव्य” अन्तर्गत धारा ३५ को स्वास्थ्य सम्बन्धी हकको पूर्ण कार्यान्वयन गर्न जोडदार माग गरिएको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै कार्यक्रम संयोजक दिनेश कोइरालाले डा. केसीको माग निजि नभई प्रत्येक नेपालीको माग रहेको बताए । No description available.

सरकार अझै पनि गम्भीर नभएर डा. केसीलाई सुताइराख्ने हो भने जनता सडकमा उत्रिनु बाहेकको विकल्प नरहेको चेतावनी दिए । उनले जनता सडकमा आएपछि नेतृत्वको पतन निश्चित रहेको बताए । सरकारले माफिया र दलालको चौतर्फी घेरामा परेको आरोप लगाए । समाजले १९ गते सोमवार भरतपुरको चौबिसकोटीमा केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेको थियो ।  No description available.No description available.

LEAVE A REPLY