कालिका नगरमा होटल कालिका ब्याङ्क्वेट सञ्चालन

0
21

चितवन : पूर्वी चितवनको कालिका नगरपालिकामा पर्यटन विकासको पूर्वाधार कडा गर्दै होटल कालिका ब्याङ्क्वेट संचालनमा आएको छ । विभिन्न पेशामा सक्रिय रहेका ५ जना युवाहरुको सामुहिक लागानीमा नगरमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न होटल कालिका ब्याङ्क्वेट संचालनमा आएको हो । नगरको वडा ६ स्थित खोलेसिमल बजारको पूर्वी भेगमा नगरकै पहिलो एक मात्र स्तरीय ब्याङ्क्वेट सञ्चालनमा गरिएको हो । ।
कालिका नगरपालिका क्षेत्रका शैक्षिक, सामाजिक, स्वास्थ्य र व्यवसायिक रुपमा सफल भएका युवाहरुको संयुक्त लगानीमा होटल संचालनमा आएको अध्यक्ष बुद्धि अधिकारीले जानकारी दिए ।

Advertisements

शान्त एवं सुन्दर र स्वच्छ वातावरणमा सञ्चालित होटलमा करिब ५ करोडको लगानी रहेको उनले बताए । कोरोना महामारीको समयमा पनिआर्थिक पुनारुथान गर्न सकिन्छ भन्ने उदाहरणसहित युवाहरु मिलेर होटल संचालनमा ल्याएको अधिकारीको भनाइ छ ।

पर्यटन तथा होटल व्यवसायको लागी लगानीकर्ताको खासै प्राथमिकतामा नपर्ने यो नगरमा भावी संभावनालाई मध्यनजर गर्दै होटलमा लगानी गरेको सञ्चालक सुर्दशन अधिकारीले जानकारी दिए । उनले भने, प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरको प्रवेशद्वारको साथै निर्माणाधीन शक्तिखोर फिस्लीगं मार्गको प्रस्थान बिन्दुबाट छोटो दूरीमाअवस्थित भएकोले यहाँ पाहुनाको आगमन बाक्लिने छ।

१ हजार सिट क्षमताको पार्टी हल सहित ७५ सिट क्षमताको सेमिनार हलको समेत व्यवस्था रहेको संचालक सुदर्शन अधिकारीले बताए । उनका अनुसार ५० सिट क्षमताको बार सहितको फेमेली रेस्टुरेन्ट, आकर्षक बेम्बो कटेज, विवाह ब्रतबन्ध लगाएत शुभकार्यका लागी मन्दिर सहितको मण्डप, स्विमिङ्ग पुल र डिलक्स रुमहरुको व्यबस्था रहेको छ । होटल करिव १ बिगाहा क्षेत्रपÞmलमा फैलिएको सचिव सिपि अधिकारीले बताए । होटलमा एकेश भण्डारी र भुवन श्रेष्ठको समेत लगानी छ ।

LEAVE A REPLY