पौडेल दाजुभाईको नेप्रो प्रोजेक्ट : “विना इन्धन उज्यालो नेपाल”

0
306

शिव शर्मा चितवन । लकडाउनको विषम् परिस्थितिलाई समेत सामना गर्दै समयको अधिक उपयोग गरि गल्फ कार बनाएका चितवनका पौडेल दाजु भाइले फेरी सोलारबाट चल्ने कार बनाएका छन् । भरतपुर ६ इन्द्रपुरीका २ दाजु भाईले कोरोनाको कहरलाई अवसर बनाउदै सोलार कार निर्माण गरेका हुन् । १ महिनाको समयावधीमा उनीहरुले ४ पाङ्ग्रे कार बनाए । पहिल्यै देखि नवप्रवर्तन र अनुसन्धानमा सौखिन दाजुभाई सफल पौडेल र कुसल पौडेल बनाएको कार ५० किलोमिटर प्रति घण्टा दौडन सक्छ । सोलार प्यानल जोडेर बनाएको कारको उनीहरुले सफल परिक्षण समेत गरेका छन् । विना इन्जिनको नेप्रो प्रोजेक्टमा उनीहरुले ३ लाख लगानी गरेका छन् । “इन्धन खरिदमा बर्षेनी देशबाट मोटो रकम बिदेशिदै आएको छ । यसलाई रोक्न र देशमा नै सौर्य उर्जाको उपयोग गरि सवारी चलाउन सकिन्छ भनेर यो कार तयार गरेका हौं ।” भाई कुशल पौडेलले भने, “विना इन्धन उज्यालो नेपाल हाम्रो लक्ष्य हो।”

Advertisements

“विना इन्धन उज्यालो नेपाल हाम्रो लक्ष्य हो।”

विना पेट्रोल, बिना विजुली चल्ने कारको बिषेशता रहेको पौडेलको भनाई छ । कारमा ४ वटा सोलार प्यानल जडान गरिएको छ । प्रत्येक प्यानल १ सय ५० वाट्का छन् । डि.सी. मोटरको प्रयोग गरेर ४८ भोल्ट अर्थात् १ हजार वाट्को मोटर प्रयोग गरि काम तयार भएको छ । “दिउँसोमा घाम लागेको बेला सोलारबाट गाडी चल्छ, रोकेको बेला सौर्य उर्जा सञ्चित भई रातको समयमा गाडी चल्छ।” कारको बिशेषता सुनाउदै दाजु सफल पौडेलले भने ।

सफल अहिले २० बर्षका भए भने उनका भाई १६ बर्षका छन् ।

“सानै देखि केहि निर्माण गरौ भन्ने लागेको थियो, बाबा ममीले इलेण्ट्रिक काम गर्दा हामीले पनि केहि गर्न सकिन्छ कि भन्ने सोच आएको थियो ।”

सफलले भने, “केहि समय अगाडी गल्फ कार बनायौं, अहिले सोलार कार । गरे के हुदैन ?”

“हरेक नवप्रबर्तनलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । सृजना र अनुसन्धानलाई लगानी गर्न सकेमा विदेशीने मुद्रा नेपालमा नै बचत हुने थियो । तर सरकारले नवप्रबर्तनलाई खासै बढवा दिएको पाइदैन । सरकारले उत्प्रेरणा दिए मात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने थियो ।” फोपा कलेज अफ इञ्जिनियरिङ्गमा स्नातक पढ्दै गरेका सफल पौडेलले भने, सरकारको लगानी र साथ विना बृहत अनुसन्धान गर्न सकिदैन । स्वदेशी अनुसन्धान र उत्पादनलाई स्थान दिनै पर्छ ।”

भरतपुर महानगरपालिका संग अनुसन्धान र विकासका लागि छलफलको प्रयास भैरहेको कुशलले बताए । २५ बर्ष देखि इलेक्ट्रिसियन रहेका पौडेलका बुवा आमाले उनीहरुलाई जस्तो सुकै परिस्थितिमा पनि साथ् दिदै आएका छन् । कार बनाउन उनका दाजु नारायण पौडेलले समेत निकै सहयोग गर्छन् ।

उनीहरुले केहि समय अगाडी १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरि गल्फ कार निर्माण गरेका थिए । जसमा बत्ति, हर्नको लागि सोलार जडान गरिएको थियो । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कार बाट उनीहरु चर्चित भएका थिए ।

LEAVE A REPLY