गण्डकी प्रदेश स्तरिय फिचर लेखन उत्कृष्ट पुरस्कार पत्रकार रानाभाटलाई प्रदान

0
148

नवलपुर । नवलपुरमा रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आएका पत्रकार डोलराज रानाभाट यस बर्ष फिचर लेखन प्रतियोगितामा उत्कृष्ट घोषित  भएका छन्।

Advertisements

गैडाकोटमा रहेको बिजय एफएमका समाचार प्रमुख एवं इमेज च्यानलका जिल्ला सम्वाददाता रानाभाट गण्डकी प्रदेश स्तरीय फिचर लेखन प्रतियोगिता २०७७ मा उत्कृष्ट घोषित भएका हुन्। पत्रकार रानाभाटलाइ कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले रु. १० हजार नगद सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरिन।

नवलपुरको कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकले आज पाँचौ वार्षिकोत्सव मनाएको छ । ४ वर्ष पुरा गरी ५ वर्ष लागेको अवसरमा पत्रिकाले गण्डकी प्रदेश स्तरीय फिचर लेखन प्रतियोगिता २०७७ समेत आयोजना गरेको थियो ।

पत्रिकाका प्रकाशक भविश्वर पाण्डेले कलम चलाउने पत्रकारलाई थप सृजनशील गराउन अहीलेको वर्षदेखि नै हरेक वर्ष रु १० हजार पुरस्कार राशीको फिचर लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा समेत समेत गरे।

LEAVE A REPLY